• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

महिला लक्षित स्वास्थ्य शिविर सम्पन्न

  •  बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका-११ शिवपुरमा प्रजनन रुग्णता कार्यक्रमअन्तर्गत ‘भिआइए स्क्रिनिङ’ शिविर सञ्चालन गरिएको छ । शिविरबाट स्थानीय महिलाहरु लाभान्वित भएका छन् ।

शिवपुर निवासी ६५ वर्षीया एक महिलालाई तल्लोपेट, ढाड, कम्मर दुख्ने समस्या थियो । घरको कामले गर्दा उहाँलाई जचाउन जाने समय मिलेको थिएन । घोराही उपमहानगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखा र वडा नं ११ को आयोजनामा भएको शिविरमा जाँच गराउँदा उहाँको पाठेघरको मुखमा घाउ भएको पत्ता लाग्यो । घर छेउमा उपचार गराउन पाउँदा उहाँ खुसी हुनुहुन्छ ।

सोही वडाको ४३ वर्षकी एक महिलाको महिनावारी गडबडी हुने समस्या थियो । सबैलाई हुने समस्या होला भनेर उहाँले अहिले सम्म जचाउन कतै जानु भएको थिएन । घरै छेउमा शिविर सञ्चालन भएपछि उहाँ पनि जचाउन पुग्नुभयो । उहाँको पाठेघरमा मासु पलाएको रहेछ । उहाँको समस्याको पहिचान शिविरमा भएपछि उहाँ पनि निकै खुसी हुनुहुन्छ ।

घोराही उपमहानगरपालिका जन स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले निरोगी हुनु पहिलो अधिकार भएकाले उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न नसकेका महिलालाई सेवा दिन पालिकाभित्रका स्वास्थ्य केन्द्रमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको बताउनुभयो । महिला सधैँ अरुका लागि मात्रै सोच्ने भएकाले आफूलाई समय दिन नसक्दा अन्तिम अवस्थामा मात्रै स्वास्थ्य संस्था जाने भएकाले जटिल रोगका सिकार भइ अकालमा ज्यान गुमाउने गरेको उहाँको भनाइ छ ।

वडा नं ११ का अध्यक्ष कुलबहादुर लामिछानेले महिलाले प्रजनन अङ्गको परीक्षण गर्न लाज मान्न नहुने बताउनुभयो । क्यान्सरजस्ता प्राणघातक रोग लागेमा घरबार बेचेर औषधि उपचार गर्दा पनि निको नहुने भएकाले समयमै सचेत भएर परीक्षण गर्न आग्रह गर्नुभयो ।

घरघर सेवा दिने उद्देश्यले स्वास्थ्यकर्मीसहितको टालीले स्वास्थ्य सेवा दिन थालेको उहाँले बताउनुभयो । घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डिसीले महिला स्वास्थ्य सेवाबाट बञ्चित हुनुनपरोस् भनेर घरआँगनमा सेवा दिन शिविर आयोजना गरिएको जानकारी दिनुभयो ।

भिआइए परीक्षणबाट पाठेघरमा क्यान्सर भए नभएको पत्ता लगाउने पहिलो चरणको परीक्षण भएकाले सबैले परीक्षण गर्न उहाँले आग्रह गर्नुभयो । क्यान्सरका बिरामीलाई स्थानीय तहले केही रकम सहयोग गर्ने भएकाले दैनिक पाँच छ जना क्यान्सरका बिरामीको सिफारिस गर्नुपर्दा साह्रै मन दुख्ने गरेका कारण गत वर्षदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पाठेघरको भिआइए परीक्षण सुरु गरेको उपाध्यक्ष डिसीले बताउनुभयो ।

शिवपुरको शिविरमा ६१ जना महिलाको प्रजनन स्वास्थ्यको परीक्षण गरिएको छ । जसमा पाठेघर खसेका १४ जना, क्यान्सरको शङ्का लागेका दुई जना, पाठेघरमा मासु पलाएका चार जना भेटिएका भिआइए स्थानीय स्रोत व्यक्ति विमला पौडेलले जानकारी दिनुभयो । अन्य बिरामीमा महिनावारी गडबडी भएका, सेतोपानी बग्ने, तल्लो पेट दुख्ने, पाठेघरमा घाउखटिरा भएका बिरामीले सेवा लिएको पौडेलले जानकारी दिनुभयो । रासस

बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.