• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • ८ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • ९ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १३ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १३ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १३ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १३ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

प्रतिनिधिसभामा स्वस्थ्यमन्त्रीको जवाफ-आधारभूत स्वास्थ्य र विशिष्टिकृत सेवा सबल बनाउन काम गरिरहेका छौँ

  •  बुधबार, असार ०६, २०८१ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आधारभूत स्वास्थ्य सेवा र विशिष्टिकृत सेवा सबल बनाउन मन्त्रालयले दत्तचित्त भएर काम गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ अन्तर्गत स्वास्थ्य मन्त्रालयका विनियोजित शीर्षकबारे छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रुपमा स्थापित गरेकाले त्यसको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले सबै नागरिकमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकारको नीतिअनुसार मन्त्रालयले आवश्यक कार्य गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्ला वर्षमा स्वास्थ्य सेवाको पहुँच बढिरहेको छ । भौतिक पूर्वाधार निर्माणमा सोचेअनुरुप काम नभए पनि धेरै उपलब्धि हासिल गरेका छौँ, थप कार्य गर्न मन्त्रालय दृढ छ । यसका अतिरिक्त जटिल रोगका उपचार र सरकारी अस्पतालमा विशेषज्ञ सेवा विस्तारका योजनावद्ध रुपमा काम अगाडि बढाइएको छ ।”

मन्त्री यादवले अस्पताल तथा फार्मेसीको चुस्त व्यवस्थान गरी भीड व्यवस्थित गर्न, शल्यक्रिया, बहिरङ्ग सेवा (ओपिडी) लगायत सेवालाई सहज र सरल बनाउन अनुगमन गरी समस्या पहिचान तथा समस्या समाधानका लागि कमिटी गठन गरी काम सुरु गरेको जानकारी दिनुभयो ।

ओपिडीको लामो लाइन व्यवस्थित गर्न यो वर्षको बजेटमा सङ्घीय ठूला अस्पतालमा दुई सिफ्ट ओपिडी सञ्चालन गर्ने व्यवस्था मिलाउनुका साथै स्वास्थ्य बीमामार्फत पाइने औषधि तथा पूर्णरुपमा पाउने अवस्था बनाउन मन्त्रालय गम्भीर रहेको उहाँको भनाइ थियो । औषधि खरिद प्रक्रिया र औषधि गुणस्तरको ग्यारेण्टीका विषयमा उहाँले भन्नुभयो, “अहिले जुन प्रणाली छ पक्कै पनि गुणस्तरमा कहि न कहीँ समस्या छ, त्यसमा जनशक्ति र प्रयोगशाला कमीजस्ता कारणहरु छन् । समस्या समाधानका लागि सातै प्रदेशमा प्रयोगशाला निर्माण गरी परीक्षण तथा औषधिको गुणस्तर जाँच गर्ने हाम्रो योजना छ ।”

मन्त्री यादवले निर्माणका चरणमा रहेका आधारभूत अस्पतालको शीघ्र निर्माण गर्न मन्त्रालयले व्यवस्थापकीय कार्य गरिरहेकोसमेत जानकारी दिनुभयो । “छ सय ५५ स्थानीय तहमा निर्माण गरिने पाँच, १० र १५ श्ययाका आधारभूत अस्पतालमध्ये पहिलो चरणमा तीन सय ९६, दोस्रोमा दुई सय ५९ को निर्माणकार्य अघि बढेको छ । चार सय १३ वटा अस्पतालमा निर्माणका चरणमा छन्, ४७ वटा निर्माण भइसकेका छन् । आगामी आवमा थप ५० वटा अस्पताल निर्माण सम्पन्न हुने छन्”, उहाँले भन्नुभयो ।

मन्त्री यादवले दिनुभएको जवाफको स्पष्टीकरण माग गर्दै सांसदहरु रामहरि खतिवडा, बीना लामा, सीता मिजार, रोशन कार्की, डा तोसिमा कार्की, जावेदा खातुन जागा, अशोककुमार चौधरी, रञ्जुकुमारी झा, ठाकुर गैरे, प्रेम सुवाल, सपना राज भण्डारी, दीपा शर्मालगायतले आफ्ना धारणा राख्नुभएको थियो । उहाँहरुले सुझावबारे स्पष्ट जवाफ नआएको र केहीको धारणा नसमेटेको गुनासो गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य मन्त्रालयसहित आठ मन्त्रालयका विनियोजित शीर्षकमाथि उठेका प्रश्नबारे मन्त्रीहरुले जवाफ दिने कार्यसूची थियो तर अन्य मन्त्रीले आज जवाफ दिन पाउनुभएन । मन्त्रालयसँग सम्बन्धित काम विशेषले अन्य मन्त्रीले जवाफ दिने कार्यसूची कारणबस हटाइएको र अर्को बैठक असार ६ गते बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराउनुभयो । रासस

बुधबार, असार ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.