• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

कानको शल्यक्रिया : भ्रम र यथार्थ [ डा.संजय कोइराला ]

  •  बिहिबार, असार ०७, २०८१ मा प्रकाशित

डा.संजय कोइराला
भ्रम: कानको शल्यक्रिया गरेर खासै फाइदा हुँदैन,न सुनाइ राम्रो हुन्छ न त पाक्न नै छोड्छ्र भन्ने आम सर्वसाधारणको बुझाई यथार्थ थियो,यो भनाई केही समय अघिसम्म सत्य नै थियो । पहिले कान सम्बन्धि रोगहरुको शल्यक्रिया धेरै हुदैनथ्यो ।

शल्यक्रिया गर्ने उपकरणहरु,प्रविधिहरु उच्चस्तरका थिएनन्। कान सुन्नको लागि कानको मध्य भागमा हुने हड्डीहरुको मर्मत गर्ने अप्रेशन नेपालमा खासै हुँदैनथ्यो । पहिले पहिले अप्रेशन गरेकाहरुको सुन्ने शक्ति कम भएको पनि हामीले धेरै नै सुनेका छौँ,देखेका पनि छौँ,तर अहिले आएर धेरै परिवर्तनहरु भैसकेका छन् । हामीसंँंग नयांँ नयांँ उपकरणहरु उपलब्ध छन् । कानको अप्रेशन गरेर धेरै बिरामीहरुको सुनाइसंगै जीवनमा पनि धेरै नै परिवर्तन ल्याइसकेका छौँ ।

कान सम्बन्धी रोगहरुको अप्रेशन मुख्य गरेर दुई प्रकारका हुन्छन जुन रोगका आधारमा वर्गीकरण गरिएको छ ।
एकथरी कान बेलाबेलामा पाक्ने,औषधि राखेपछि केही समय ठिक हुने र पुन:कानमा पानी पसेमा या रुघाखोकी लागेमा पाकीहाल्ने हुन्छ । त्यस्ता बिरामीको कानको पर्दामा प्वाल परेको हुन्छ । यसलाई हामी COM MUCOSAL भन्ने गर्छौं । कान जति धेरै समय पाक्दै गर्छ उति नै सुन्ने शक्ति कम हुंँदै जान्छ, पाक्ने क्रम बढ्दै जाँदा कान भित्र हुने हाम्रा साना हड्डीहरु पनि बिग्रदंै जान्छ । जसको कारण सुन्ने शक्ति कम हुने हो । यस्तो रोगमा अप्रेशन गर्दा रोगको अवस्था हेरेर सुन्ने शक्ति बनाउन सकिने नसकिने भनेर हामीले निक्र्याेल गर्छौं । पहिले पहिले ती हड्डीहरु बनाउने प्रविधि थिएन । अहिले अधिकांश अप्रेशनहरुमा ति हड्डीहरु बनाउन सम्भव हुने हुँदा सुन्ने शक्ति बनाउन सकिन्छ । तर जब कानको नशामा नै असर पर्न थाल्छ तब सुन्ने शक्ति बनाउन सकिंदैन। अत:जति छिटो या समयमै अप्रेशन गर्यो त्यति नै सुन्ने बनाउन सम्भव हुन्छ,जति ढिला हुन्छ त्यति नै खर्च पनि बढी लाग्ने र सुन्ने बनाउने सम्भावना पनि कम हुदै जान्छ ।

कानको सबैभन्दा धेरै हुने अप्रेशन भनेको जाली टाल्ने अप्रेशन हो,जसलाई हामी माइरिन्गोप्लास्टि भन्छौं । MYRINGOPLASTY कान सम्बन्धि विश्वमै सबै भन्दा धेरै हुने अप्रेशन यही नै हो । जाली मात्र प्वाल परेर सुनाइ कम भएको अवस्थामा यति मात्रै पर्याप्त हुन्छ । तर यदि कानका हड्डीहरुमा पनि समस्या आइसकेको रहेछ भने यो अप्रेशनले मात्रै पर्याप्त नहुन सक्छ । अझ यस्तो अवस्थामा जाली मात्र टाल्ने कामले सुन्ने शक्ति झन् कम हुन जान्छ । विगतमा भएको पनि यही नै हो । उपकरण अभाव, पर्याप्त तालिमको अभाव र बिरामीको संख्या अभावजस्ता विभिन्न समस्याहरुका कारण यसो भैरहेको थियो,अझै पनि धेरै अस्पतालहरुमा जाली टाल्ने अप्रेशन मात्रै हुने गर्छन ।

कानको हड्डी बिग्रेको अवस्थामा ती हड्डीहरुको पनि मर्मत गर्नुपर्छ । ASSICULOPLASTY
अनि मात्रै सुन्ने शक्तिमा सुधार आउंछ । यो अप्रेशन गर्न थालेको नेपालमा धेरै समय भएको छैन र यो जहाँतहींँ हुँदैन । कानको हड्डी बिग्रे नबिग्रेको अप्रेशन अगावै यकिन गर्न गाह्रो हुन्छ । सुन्ने शक्तिले केही मात्रामा त्यसतर्फ इंगित गरे पनि यसको बारेमा यकिन गर्न अप्रेशनको समयमा हड्डीहरु चलाएपछि मात्र थाहा लाग्छ ।

अर्कोथरी कानको अप्रेशन भनेको निरन्तर कान पकिरहने रोगको लागि हो,जसलाई हामी ASTOIDECTOMY भन्छौं । यस्तो रोगमा कान निरन्तर पाकिरहने गर्छ,कानबाट गन्हाउने पीप बग्ने गर्छ । यसलाई हामी COM SQUAMOUS भन्छौं । कहिलेकाहीं पीपमा रगत पनि मिसिएर आउन सक्छ्र यस्तो रोगले हड्डीमा असर गर्ने हुँदा यो रोग दिमागमा फैलिएर ज्यान समेत जोखिममा पर्न सक्छ । कान सुन्न कम हुदै जाने, मुख बाङ्गो हुने, चक्कर लाग्ने, मस्तिष्क ज्वरो आउने, कान पछाडिको भागमा सुन्निएर पीप बग्ने लगायतका विभिन्न समस्याहरु यो रोगले निम्त्याउन सक्छ ।

यस्तो किसिमको रोगको उपचार अप्रेशन बाट मात्र सम्भव हुन्छ । यो अप्रेशन अलि ठुलो खालको हुन्छ । यो अप्रेशनको मुख्य उद्देश्य रोग निर्मुल परेर ज्यानलाई सुरक्षित पार्नु हो । सुनाइ राम्रो बनाउने यसको मुख्य उद्देश्य नभए पनि सकेसम्म सुनाइको लागि हामी सोही प्रकारको अप्रेशनमा कोशिश गर्छौं । पहिले पहिले यो पनि सम्भव थिएन,तर अहिले हरेक अप्रेशनमा हामीले सम्भव भएसम्म सुनाइको लागि पनि कृतिम हड्डीहरु राख्ने गर्छौं, यसले धेरै हदसम्म सुनाइ बनाउन सम्भव हुन्छ ।

यो खालको अप्रेशनमा बिभिन्न जोखिम पनि रहन्छ । अप्रेशन पश्चात मुख बांगिने,सुनाइ झनै कम हुने,चक्कर लाग्ने जस्ता जटिलताहरु हुन सक्छन । यस्ता जटिलताहरुका कारण धेरै हुन्छन,पहिलो कारण रोग निकै फैलिएको अवस्थामा यस्तो हुने सम्भावना बढी हुन्छ । अर्को अप्रेशन गर्ने शल्य चिकित्सकको बिशेषज्ञतामा पनि जटिलताहरु हुने नहुने निर्भर हुन्छ ।

यस्तो अप्रेशन पश्चात कसै कसैलाई कान पछि पनि पाकिरहने सम्भावना पनि हुन्छ (१२–१८%) । तर अप्रेशन गरे पश्चात पाकिरहेको अवस्थामा माथि उल्लखित जटिलता हुने सम्भावना भने कम हुन्छ । यो अप्रेशन पश्चात बिरामी चिकित्सककोमा समय समयमा आइरहनु पर्ने हुन्छ । यस्तो अप्रेशनमा अधिकांश बिरामीहरुमा कानको प्वाल ठुलो बनाइएको हुन्छ जसले गर्दा भविष्यमा सफाई गर्न सहज हुन्छ ।

लेखक डा.संजय कोइराला बरिष्ठ नाक,कान तथा घांटी रोग बिशेषज्ञ रुपमा पोखरास्थित गण्डकी मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ ।

बिहिबार, असार ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.