• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

आयुर्वेद चिकित्सालयद्वारा सेवा विस्तार

  •  शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित

चितवन । बागमती प्रदेश सरकारअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरले चालु आर्थिक वर्षको ११ महिनामा ५९ हजार आठ सय २९ जनालाई सेवा दिएको छ । चिकित्सालय र मातहतका तीन सेवा केन्द्रबाट यो सेवा प्रदान गरिएको हो ।

चिकित्सालयका प्रमुख डा कोपिला अधिकारीले चालु आवको साउनदेखि जेठ मसान्तसम्म बहिरङ्ग चिकित्सा सेवाअन्तर्गत ३२ हजार छ सय ७९ महिला र २७ हजार १५० पुरुष गरी ५९ हजार आठ सय २९ जनालाई सेवा प्रदान गरिएको बताउनुभयो । यो सङ्ख्या चिकित्सालयमा आएका व्यक्तिको सङ्ख्या हो । उहाँका अनुसार एउटै व्यक्ति छ पटकसम्म उपचारमा आएको तथ्याङ्क छ ।

चिकित्सालयले यसै अवधिमा चार हजार एक सय ६५ जनालाई योग सेवा, १८ हजार ६२ जनालाई पूर्वकर्म र पञ्चकर्म सेवा, चार हजार छ सय ४५ जनालाई ज्येष्ठ नागरिक सेवा प्रदान गरेको छ । यसैगरी एक हजार ९० महिलालाई स्तनपाई आमा तथा शिशु सेवा, पाँच हजार दुई सय ४० जनालाई नागरिक आरोग्य स्वाथ्स्य सेवा, छ हजार दुई १० जनालाई प्रयोगशाला सेवा प्रदान गरेको डा अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चार हजार चार सय ७६ जनालाई अकुपञ्चर सेवा, तीन हजार आठ सय ९२ जनालाई फिजियोथेरापी सेवा र ६३ जनालाई अल्ट्रासाउण्ड सेवा प्रदान गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका नाममा रहेको संस्थालाई हालै नाम परिवर्तन गरी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नामकरण गरिएको डा अधिकारीले जानकारी दिनुभयो । अन्तरङ्ग सेवा सञ्चालनका लागि हाल भवन निर्माण भइरहेको छ । निकट भविष्यमा नै २५ श्ययाको अस्पताल सञ्चालनको तयारी गरिएको डा अधिकारीले बताउनुभयो ।

जिल्लामा १३ वटा सरकारी र २८ वटा गैरसरकारी आयुर्वेद संस्था रहेका छन् । भरतपुरको शिवघाट, देवघाट, गुञ्जानगर, पटिहानी, डालेटार र मेघौली, माडी र राप्तीको वीरेन्द्रनगरमा आयुर्वेद औषधालय रहेका छन् । यस्तै कालिकाको सगुनटोल, खैरहनीको कुमरोज र इच्छाकामनाको चुम्लिङ्गटारमा नागरिक आरोग्य सेवा केन्द्र र भरतपुरको शिवनगरमा पिएचसि जीवनशैली सेवा रहेका छन् ।

चिकित्सालयले बिरामी परीक्षण एवं अत्यावश्यक आयुर्वेद औषधि निःशुल्क वितरण, प्रयोगशाला सेवा, भिडियो एक्सरे, फिजियोथेरापी, अकुपञ्चर, क्षरसूत्र, पञ्चकर्म, पूर्वकर्म सेवा दिँदै आएको छ ।

यस्तै दुखाइ व्यवस्थापन, तनाव व्यवस्थापन, आँखाको समस्या नेत्रतर्पण, थेराप्युटिक योग, जीवनशैली व्यवस्थापन, नियमित योग, प्राणायम, स्वस्थ आहार विहार, पथ्यापथ्य परामर्श, स्तनपायी आमालाई दुग्धवर्धक औषधि वितरण, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, सःशुल्क फार्मेसी सेवा पनि चिकित्सालयले दिँदै आएको डा अधिकारीले बताउनुभयो ।

चिकित्सालयले चालु आवमा प्रदेश सरकारबाट पुँजीगततर्फ रु दुई लाख विनियोजन भएकोमा रु एक लाख ८० हजार चार सय ८३ खर्च भएको छ । यस्तै सङ्घीय सरबारबाट प्राप्त रु ८१ हजारमध्ये ८१ हजार नै खर्च भएको छ ।

चालु खर्चतर्फ सङ्घीय सरकारबाट रु ३५ लाख ४३ हजार विनियोजन भएकोमा रु ३० लाख ३४ हजार १३२ खर्च भएको छ भने प्रदेश सरकारबाट विनियोजित रु एक करोड ६९ लाख २१ हजारमध्ये रु एक करोड २७ लाख ४४ हजार छ सय ५७ खर्च भएको डा अधिकारीले जानकारी दिनुभयो । कार्यालयले समग्रमा ९० प्रतिशत भौतिक प्रगति र ७७ दशमलव ३२ प्रतिशत आर्थिक प्रगति हासिल गरेको डा अधिकारीको भनाइ छ । कार्यालयमा बेरुजु नभएको उहाँको भनाइ छ ।

चिकित्सालयमा आउने बिरामीमध्ये प्रमुख १० रोगमा अम्लपित्त, कास रोग, उदर रोग, संधिवात, उच्चरक्तचाप, अर्श, श्वास, आमवात, वातारक्त र मधुमेह रहेका छन् । रासस

शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.