• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

गलैचा बुनेर आयआर्जन गर्दै अपांगता भएकाहरु

  •  शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित

नवलपुर । मध्यविन्दु -२ निवासी माया बोटेको दैनिकी अहिले गलैँचा बुन्नेमै बित्ने गरेको छ । उहाँ शारीरिक अपाङ्गता हुनुहुन्छ । तर उहाँले आफूलाई कमजोर भने कहिल्यै ठान्नुभएन । अवसर पाए सपाङ्ग सरह नै काम गर्न सक्छु भन्ने साहस उहाँमा पहिले देखी नै थियो । गलैँचा बुन्ने तालिम आएको छ भनेपछि उहाँ सहभागी हुनुभयो । अहिले उहाँले राम्रोसँग गलैँचा बुन्न पनि सिकिसक्नुभएको छ ।

मध्यविन्दु -७ चोरमारामा रहेको अपाङ्ग पुनर्स्थापना समन्वय परिषद्को समन्वय र सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा गत वैशाख २५ गतेदेखि चोर मारामा गलैँचा बुन्ने तालिम सुरु भएको थियो । ४५ दिने उक्त तालिममा सहभागी भएको छोटो समयमै गलैँचा बुन्न सिकेको बोटेले बताउनुभयो । हातले गर्ने काम भएकाले पनि धेरै गाह्रो भने नभएको उहाँले बताउनुभयो ।

उहाँ जस्तै शारीरिक रुपमा अशक्त रहेका मध्यविन्दु ८ का गङ्गाराम महतो पनि गलैँचा बुन्ने तालिममा सहभागी हुनुभएको छ । सीप सिक्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । गलैँचा बुन्दै गर्दा कुनै बेला सजिलो लाग्ने कुनै बेला गाह्रो पनि लाग्ने अनुभव उहाँले बताउनुभयो ।

असार १० गतेसम्म सञ्चालन हुने यस तालिममा मध्य विन्दुका अपाङ्गता भएका र अपाङ्गता भएका व्यक्तिका परिवार समेत गरि १७ जना सहभागी छन् । दिनभरिको खाली समयको सदुपयोग गर्दै तालिममा सहभागी हुने र साँझ बिहानको समय घरको कामधन्दा समेत भ्याउने गरेका छन् ।

अपाङ्गता भएका व्यक्तिहरूको आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले सामाजिक विकास कार्यालयसँग समन्वय गरेर तालिम सञ्चालन गरेको अपाङ्गता पुनर्स्थापन समन्वय परिषद्का अध्यक्ष सागर लुइँटेलले बताउनुभयो । सपाङ्ग व्यक्तिहरू अन्यत्र गएर पनि अवसर लिन सक्ने तर अपाङ्गता भएकाहरूका लागि त्यति सहज नहुने हुँदा आफ्नै ठाउँमा सीप सिकेर आयआर्जनमा जोड्नका लागि तालिमले सहयोग गर्ने उहाँको भनाई छ ।

तालिममा सहभागी सबैले अब गलैँचा बुन्न सक्ने भएको बताएका छन् । तालिमपछि गलैँचाको व्यवसाय गर्न इच्छा समेत जाहेर गरेका छन् । तर त्यसका लागि लाग्ने लगानी र व्यवस्थापन गर्न भने केही समस्या हुने उनीहरू बताउँछन् । कुनै निकायबाट सहयोग भएमा , बजारीकरणको व्यवस्था गरिदिए आफूहरूले यसलाई आफ्नो आयआर्जनको माध्यम बनाउने उनीहरूको भनाई छ ।

परिषद्का अध्यक्ष सागर लुइँटेलले बजारीकरणका लागि काठमाडौँको गलैँचा निर्यात गर्ने संस्थासँग कुराकानी भएको र उसले खरिद गर्ने समेत भनेको बताउनुभएको छ । तालिमपछि व्यवसायीक रूपमै उत्पादन गर्नका लागि सहभागीहरूको समूह बनाएर काम गर्ने कुरामा छलफल भएको उहाँले बताउनुभयो । लगानीका लागि पालिका वडा तथा सरोकारवाला अन्य सङ्घसंस्थासँग सहयोग माग्ने उहाँको भनाई छ ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई संरक्षण संवर्द्धन गर्दै उनीहरूलाई समाजमा पुनर्स्थापना गर्न र आर्थिक उपार्जनको काममा पनि अपाङ्गता भएकाहरू सरिक हुन सकुन् भन्ने उद्देश्यले गलैँचा बुन्ने तालिम सञ्चालन गर्दै आएको सामाजिक विकास कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेलले बताउनुभयो ।

सामाजिक विकास कार्यालयको सीबीआर कार्यक्रम मार्फत यस तालिमको लागि चार लाख रुपैयाँ बजेट बिनियोजन भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।

शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.