• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • ८ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • ९ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १३ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १३ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १४ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १४ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ८. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

‘ओएनएम सर्भे’ नहुँदा स्वास्थ्य सेवा प्रदान गर्न कठिन

  •  सोमबार, असार ११, २०८१ मा प्रकाशित

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम सर्भे) नहुँदा स्वास्थ्य सेवा प्रदान गर्न कठिन भइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले भन्नुभयो, “दुई दशकभन्दा धेरै समयदेखि अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण भएको छैन । तत्कालीन समयको जनशक्तिले हालको अवस्थामा सेवा प्रदान गर्न अत्यन्त कठिन भइरहेको छ । अस्पतालको ओएनएम सर्भेका लागि सम्बन्धित मन्त्रालयको सहमतिको माग गर्दछु ।”

मन्त्री यादवले सांसदहरुले सोध्नुभएको स्पष्टीकरणको जवाफ दिँदै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत विभिन्न आठ किसिमका कडा रोगलाई रु एक लाख बराबरको सहुलियत प्रदान गरिँदै आएकामा उक्त सहुलियतको समय सापेक्ष परिमार्जन गरी क्यान्सर, हेड तथा स्पाईनल ईन्जुरीलगायत रोगको उपचारमा रकम वृद्धि गर्न आवश्यकता रहेको बताउनुभयो ।

उहाँले कलेजो प्रत्यारोपणका लागि सहुलियत दिने विषयमा पनि छलफल भइरहेको उल्लेख गर्नुभयो । मन्त्री यादवले मन्त्रालय सम्हालेदेखि नै केन्द्रिय अस्पतालमा शल्यक्रिया सेवा लिनेले लामो समय कुर्नुपर्ने समस्यालाई प्राथमिकतामा राखेको भन्दै यसका लागि मन्त्रालयमा उच्चस्तरीय टोली गठन भएर अध्ययन प्रारम्भ भइसकेको जानकारी दिनुभयो ।

सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा नजाने वातावरण बनाउन केही सङ्घीय अस्पतालमा विस्तारित सेवा लागू भइसकेको भन्दै उहाँले बाँकीमा अस्पतालमा लागू गर्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।

उहाँले उपत्यकाका ठूला अस्पतालमा दुई सिफ्टमा सेवा सञ्चालन गर्ने, विस्तारित सेवा लागू गर्ने, मोडुलर शल्यक्रिया कक्ष थप गर्नेलगायत कार्यक्रम आगामी आर्थिक वर्षको कार्यक्रममा रहेका जानकारी गराउनुभयो । स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड अनुरुप स्वास्थ्य मन्त्रालयको सचिव अध्यक्ष रहने गरी शुल्क निर्धारण समिति रहेको भन्दै सो समितिबाट शुल्कसम्बन्धी आवधिक रुपमा समीक्षा भइरहेको मन्त्री प्रदीप यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य संस्था सञ्चालन नवीकरण तथा स्तरोन्नतिका बेला अस्पतालबाट प्रदान गरिने सेवा शुल्कको दरलाई सान्दर्भिक बनाउन निर्देशन दिएको छु ।”

प्रतिष्ठानमा र प्रदेशस्थित सङ्घीय अस्पतालमा जलेका बिरामीको उपचार गर्ने व्यवस्था आगामी आवमा सुरु गरिने बताउँदै वीर अस्पताल र कीर्तिपुरस्थित बर्न अस्पतालमा समन्वय गरी थप उपचारको व्यवस्था मिलाइएको मन्त्री यादवले स्पष्ट पार्नुभयो । पाँच/१०/१५ शय्या अस्पतालका सम्बन्धमा निर्माणाधीन अवस्थाका लागि प्रयाप्त बजेट विनियोजन गरिएको, निर्माण सम्पन्नका भएकाको सञ्चालनका लागि जनशक्ति व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयबाट भएको प्रस्तावमा अर्थ मन्त्रालय एवम् अन्य सम्बन्धित मन्त्रालयबाट सहमतिको माग गरिएको उहाँले संसद्मा जानकारी गराउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री यादवले निजी अस्पतालबाट गरिब एवं निम्न आयस्रोत भएका बिरामीले सेवा पाउन भन्ने उद्देश्यले आमा सुरक्षा कार्यक्रम, आठ कडा रोगको उपचार, स्वास्थ्य बीमालगायतको व्यवस्था गरिएको बताउनुभयो ।

सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतका कार्यक्रममा मन्त्रालयसँग सम्झौता गरी निःशुल्क प्रदान गर्नुपर्नेमा कतिपय निजी अस्पतालले बिरामीसँग शुल्क लिएको सेवाग्राहीको गुनासो आउने गरेकाले यसका बारे अध्ययन तथा अनुगमन गरिने उहाँको भनाइ छ । उहाँले हाल मुख्य चुनौतीको रुपमा पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापन रहेको जानकारी दिनुभयो ।

“मन्त्रालयको वार्षिक बजेट विगतका वर्षदेखि नै चार देखि पाँच प्रतिशत मात्र हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले तोके बमोजिम कूल बजेटको १० प्रतिशत हुनुपर्नेमा भउको छैन”, मन्त्री यादवले भन्नुभयो, “अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसहित सम्बद्ध मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई विशेष प्राथमिकतामा राखी आवश्यक सहयोग र समन्वय गर्नुपर्ने देखिन्छ ।” रासस

सोमबार, असार ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.