• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

राष्ट्रिय योग तथा प्राकृतिक चिकित्सा दिवस

  •  बिहिबार, असार २१, २०८१ मा प्रकाशित

काठमाडौँ । सरोकारवालाले सरकारी अस्पतालबाटै योग तथा प्राकृतिक चिकित्सा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ । असार २० अर्थात् आज राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा सरकारी स्वास्थ्य संस्थामा योग तथा प्राकृतिक चिकित्सा सेवा अहिलेसम्म उपलब्ध नभएकाप्रति सरकारको ध्यानाकर्षण गराइएको हो ।

सरकारले विसं २०५९ असार २० गते प्राकृतिक चिकित्सालाई स्वास्थ्य सेवाको विधाअन्तर्गत राखी मान्यता प्रदान गरेको थियो । सोही दिनको सम्झनामा २०७४ साल असोज २३ गतेको निर्णयअनुसार असार २० गते राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाउन लागिएको हो । तर स्वास्थ्य सेवाका विधाअन्तर्गत मान्यता पाएको २२ वर्ष पुग्दा पनि सरकारी अस्पताल र स्वास्थ्य संस्थामा प्राकृतिक चिकित्सा सेवा उपलब्ध हुन सकेको छैन ।

प्राकृतिक चिकित्सा अभियन्ता डा हरिप्रसाद पोखरेलले प्राकृतिक चिकित्साको प्रयोगबाट रैथाने कला संस्कृति र विधि विज्ञानलाई पुनरुत्थान गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले तत्काल दरबन्दी नभए पनि करार सेवाबाट जनशक्ति नियुक्ति गरेर सेवा दिनुपर्नेतर्फ उल्लेख गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानार्कषण गराउनुभयो ।

“स्थायी पदपूर्ति नहुञ्जलेसम्म आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको स्वीकृत दरबन्दीमा नबढ्ने गरी हरेक चिकित्सा विधाका जनशक्तिलाई करार सेवामा नियुक्त गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

प्राकृतिक चिकित्सामा एमडी गरेका १० जना र बिएनवाइएस ७३ जना चिकित्सक छन् । तर दरबन्दी नहुँदा अधिकांश चिकित्सक विदेश पलायन भइरहेकोतर्फ योग तथा प्राकृतिक चिकित्सक डा प्रतीक्षा पाण्डेयले बताउनुभयो । उहाँले बिरामी भएपछि मात्र होइन बिरामी हुन नदिने जीवनपद्धति अपनाउन सिकाउने चिकित्सा पद्धतिमार्फत स्वास्थ्य पर्यटन विकास गर्न सकिने सुझावसमेत प्रस्तुत गर्नुभयो ।

योग तथा प्राकृतिक चिकित्साका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नेपाल आयुर्वेद चिकित्सा परिषद्अन्तर्गत उपसमिति बनाइ दर्ता गरिँदै आएकोप्रति उहाँहरुले असन्तुष्टि जनाउनुभयो ।

प्राकृतिक चिकित्साकाअनुसार प्रकृति र मानव अन्तरसम्बन्धद्वारा स्वास्थ्य रक्षा र रोगीको उपचार गर्ने कला, संस्कृति एवं विधिविज्ञान नै प्राकृतिक चिकित्सा हो । दिवसका अवसरमा प्रतिनिधिसभाअन्तर्गतको संसदीय समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिसमिति सभापति अम्मरबहादुर थापाले प्राकृतिक चिकित्साका क्षेत्रमा थप अनुसन्धानका लागि प्रोत्साहन गर्नुभयो ।

मन्त्रालयका अतिरिक्त सचिव डा टङ्क बराकोटीले नसर्ने रोगको जोखिमलाई यस चिकित्सा पद्धतिबाट न्यूनीकरण गर्न सकिने बताउनुभयो । त्यसका लागि मन्त्रालयले आवश्यक पहलकदमी लिन तयार रहेको उहाँको भनाइ थियो ।

वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा मनुकर्ण थापाले यस चिकित्सा विधिलाई पुनःजागरणका लागि ठोस पहल आवश्यक भएको बताउनुभयो ।

नेपाल सरकारको अहिलेसम्म योग तथा प्राकृतिक चिकित्साको कुनै पनि सेवा नभए पनि निजी, गैरसरकारी र सामुदायिक क्षेत्रबाट चिकित्सालय सञ्चालनमा छन् । हाल चार वटा सामुदायिक प्राकृतिक चिकित्सालय, २६ वटा निजी योग तथा प्राकृतिक चिकित्सालय र दुई वटा योग तथा प्राकृतिक चिकित्सा क्लिनिक सञ्चालनमा छन् । रासस

बिहिबार, असार २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.