मानव स्वास्थ्यमा औषधिको महत्वपुर्ण भूमिका हुन्छ । बिरामीलाई चिकित्सकले परीक्षण गरेपछि औषधि प्रेस्क्राइब गर्छन । औषधिको गुणस्तरको आधारमा पनि कतिपय रोगहरु छिटो निको हुने गर्दछन । झण्डै आधा शताब्दी अघि मात्र नेपालमा केही अस्पताल र चिकित्सकहरु रहेपनि शतप्रतिशत औषधिमा भारत र अन्य देशको भरपर्नु पथ्र्यो । तर आजका दिनसम्म आईपुग्दा नेपाली औषधि उद्योगले ५० प्रतिशत भन्दा बढी हिस्सा ओगटिसकेको छ । नेपाली औषधि उद्योगमा अहिले झण्डै १ खर्ब लगानी र ८० वटा भन्दा बढी औषधि उद्योगहरु खुलिसकेका छन । नेपाली औषधि माग बढेसंँगै उद्योगको पनि विस्तार हुंँदै गएको छ ।
नेपाली औषधि उद्योगको नेपालको माग अनुसार औषधि उत्पादन गर्ने क्षमता छ । समग्र रुपमा नेपाली औषधि उद्योगको अवस्था के छ ? गुणस्तर कस्तो छ ? र सरकारको नीति के छ ? औषधि उद्योगका संघ, संगठनहरुको अन्तरसम्बन्ध र सहयोग कस्तो छ भन्ने विषयमा नेपाल औषधि व्यवसायी संघ, पर्साका महासचिव विश्वराम गौतमसंग कुराकानी गरेका छौं । विस्तृत जानकारी भिडियोमा हेर्न सक्नु हुनेछ ।
