• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • ११ घण्टा 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • ११ घण्टा 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • १२ घण्टा 

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
  • १४ घण्टा 

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • १५ घण्टा 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • १६ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • १ दिन 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • १ दिन 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • १ दिन 

लोकप्रिय समाचार

  • १. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • २. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ३. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ४. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ५. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ६. इबोला प्रकोपले बढायो विश्व चिन्ता

  • ७. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • ८. खैरो हेरोइनसहित चार जना पक्राउ

  • ९. भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी

  • १०. लागुऔषधसहित चार जना पक्राउ

पुस्तक समीक्षा : जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने ‘भुक्तमान’

  •  आइतबार, असार २४, २०८१ मा प्रकाशित

काठमाडौँ । पिछडिएको क्षेत्रका निम्नमध्यमवर्गीय परिवारले ठुलो रोगबाट मुक्ति पाउन कतिसम्म सङ्घर्ष गर्नुपर्दाे रहेछ भन्ने कुरा रोग लागेपछि वा सो परिवारको सदस्य हुँदा मात्र थाहा हुन्छ । बिमारसँग जुध्दैमा त्यसबाट मुक्ति पाउने पनि सुनिश्चितता पनि हुन्न ।

पत्रकार धीरेन्द्र सिनालको ‘भुक्तमान : राज्यको अकर्मण्यता र नागरिकको निरीहता’ (साङ्ग्रिला मिडिया ग्रुप प्रालि, काठमाडौँ, २०८०) गैरआख्यान कृतिले रोगी परिवारका जिम्मेवार सदस्यले पत्नी र पिताको मिर्गाैला बिग्रने असाध्य रोग र त्यसका उपचारमा भोग्नुपरेको आर्थिक–सामाजिक–मानसिक सास्ती मात्र देखाउँदैन, नीतिनिर्माताले नबनाएको जनमुखी स्वास्थ्य कार्यक्रम तथा विद्यमान नीतिनियमको अनुगमन र कार्यान्वयन अभावमा भुइँमान्छेले भोगेको भुक्तमानको पनि विवरण दिन्छ ।

बैतडीमा जन्मनुहुर्कनुभएका, एक दशक रेडियो प्रसारकका रूपमा काम गर्नुभएका र करिब आठ वर्ष अन्तरराष्ट्रिय गैरसरकारी संस्थामा संलग्न सिनालले पत्नी सोनु र पिता सुरतलाई मिर्गाैला रोगले सताएपछि नेपाल र भारतमा भोग्नुपरेको हैरानी मात्र कृतिमा वर्णन गर्नुभएको छैन, आफ्नी पत्नीको उपचारका क्रममा ‘नेपालको लथालिङ्ग स्वास्थ्य प्रणाली तथा भताभुङ्ग आर्थिक अवस्थाका कारण बिरामीको परिवारमा आइपर्ने पारिवारिक तिक्तता र बेमेल’ लाई पनि २३ अध्यायमा राम्रोसँग पस्कनुभएको छ । पत्नीसहित बेला बेला थोरै तलबमा नै काम गर्नुभएका लेखकले जागिरका क्रममा बेलाबखत उनीसँग टाढा रहेर पनि उपचारका लागि सक्दो प्रयास भने गर्नुभए पनि उनलाई बचाउन भने सफल हुन सक्नुभएन ।

गोडाका हाडहरूलाई जोड्ने तन्तु फाटिएको, खुट्टा सुन्निएको, गर्भवती हुँदाका उतारचढाव भोगेकै दृष्टि समस्याका बिच भ्रूण खेर गई आखिर आफ्नो क्षमताले भेटेसम्म उपचार गराउँदा पनि लेखकले ३९ वर्षीया पत्नी र ६३ वर्षीय पिता असमयमै गुमाउँदा गरेको मसिनो वर्णनले पाठक रोगी र आर्थिकावस्थाले थिङ्थिलो बन्नुभएका लेखकप्रति अति नै द्रवित हुन्छ र मुलुकको स्वास्थ प्रणालीप्रति निरास र आक्रेशित बन्न पुग्छ । “स्वास्थ्य सेवा मौलिक हक भनी नेपालको संविधानमा लेखिए पनि निःशुल्क पाउनु भनेको त ठुलो सुविधा खोजे जस्तो ठानिन्छ ”, लेखकले यसरी संविधानमा लेखिएको कुरा सर्वसाधारणले नपाउँदा राज्यप्रति यसरी व्यङ्ग्य गर्न खोज्नुभएको छ ।
 
देशका अस्पतालमा चिकित्सक नभेटिने र निजीमा भेटिए पनि चर्काे शुल्क लाग्ने अवस्था सर्वसाधारण नागरिकले भोगेको साझा समस्या नै हो । अझ नेपालका अस्पतालमा निःशुल्क भनेर घोषणा गरिएका औषधि र उपचार सेवाबाट वञ्चित भई बाहिर किन्नुपर्ने र लिनुपर्ने बाध्यताले बिरामी र परिवारको उत्साह कुठाराघात भएको पीडा कृतिमा व्यक्त भएको छ । भारतका केही अस्पतालमा अस्पताल दर्ताका लागि निःशुल्क टिकट र केही अस्पतालमा बिरामीलाई खाजा पनि दिइने तर स्वदेशमा सामान्य सुविधा पनि नपाउँदाको अनुभव लेखक यसरी सुनाउनुहुन्छ, “तर हाम्रो देशमा (त) स्वास्थ्य सेवा धेरै नै व्यापारीकरण (पो) भइसकेको छ । ”

औपन्यासिक शैलीमा पूर्वदृश्यलाई अगाडि लेखिएको प्रस्तुत कृति कुनै प्रेमकथाभन्दा कम पनि छैन । तीन सय पृष्ठमा लेखकले आफ्नो परिवार, विवाह, प्रेम, सञ्चारकर्म, रोग लाग्दाको अवस्था, उपचारका लागि भारत र नेपालमा गरिएको दौडधुप, कोरोनाको प्रकोपले आवतजावतमा परेको कठिनाइ, रकमको जोहो गर्दा उठाउनुपरेका जोखिम, चिरपरिचत–आफन्त र पराइले गरेका व्यवहार–दुव्र्यवहार, रकम जम्मा गर्ने प्रयासकै बीच पत्नीको शिव प्रत्यारोपण अपरिचितले देखाएको मानवधर्म आदिलाई सविस्तार वर्णन गरेर व्यक्तिगत कथा–बेथा मात्र नभई रोग लाग्दा सर्वसाधारण नागरिकले पाउन सक्ने दुःखको झलक पनि प्रतिविम्बन गर्नुभएको छ । आफ्नो परिवारले सामान्य डायलिसिका लागि हन्डर खाइरहेका बेला बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले राज्यको सुविधा उपयोग गर्दै मिर्गाैला प्रत्यारोपण गरेकामा असन्तोष प्रकट गर्नुहुन्छ । उहाँले देशमा न त डायलिसिसको उचित प्रबन्ध छ, न प्रत्यारोपणको भन्ने गुनासो पोख्दै “किन यो (समाजवादोन्मुख) राज्य शासक र शासितका लागि एउटै बन्न सकेन” भनी प्रश्न पनि गर्नुभएको छ । ‘समयमै सृुविधासम्पन्न अस्पतालको सेवा, बिरामीमुखी स्वास्थ्यकर्मी र मिर्गौला प्रत्यारोपणको सहज व्यवस्था’ भएको भए लेखक प्रस्तुत पुस्तक लेख्न प्रवृत्त हुनुहुन्नथियो होला । परिवारका सदस्य गुमाउनुपर्दाका पीडामा पनि लेखकले घटनाहरूको मसिनो वर्णन गरेर पाठक तथा समग्र नेपाली स्वास्थ्य क्षेत्रको ध्यान तान्न सक्नुभएको छ । “सोनुको मृत्युको कारण उनको रोग मात्र नभई नागरिकप्रति राज्यको गैरजिम्मेवारी पनि हो । र उनको मृत्यु राज्यका लागि एक नागरिकको क्षति पनि हो”, लेखक स्पष्ट भन्नुहुन्छ । भारतमा निःशुल्कसरह पाएको गुणस्तरीय सेवा र दयालु चिकित्सकका तुलनामा स्वदेशको स्थिति देख्दा लेखकले हाम्रा चिकित्सकको समग्र व्यवहारप्रति निम्नस्तरकै गाली गर्नुभएको छ, जसले एक पल्ट पाठकलाई सोच्न बाध्य बनाउँछ । “ राष्ट्रियता बलियो हुने त नागरिकले पाउने सेवा सुविधाबाट रहेछ ।” उहाँ लेख्नुहुन्छ ।

पुस्तकमा त्यही ‘आम नागरिकले स्वास्थ्य सेवा पाउन खाएको हन्डर, राज्यको स्वास्थ्य प्रणालीका चित्रण र राजनीतिक सोर्सफोर्स नभएका आम मानिसको भोगाइलाई लिपिबद्ध’ गरिएको छ । ‘राज्यले दिने सेवाबाट बिमुख हुँदा एउटा रोगले कसरी परिवारलाई छिन्नभिन्न पारेर अन्योलको भुमरीमा धकेल्छ’ भन्ने ज्ञान दिने यस कृतिले सरकार तथा नीतिनिर्मातालाई जनमुखी स्वास्थ्य नीति र कार्यक्रम बनाउन तथा अनुगमन गर्न पनि घच्घच्याउने छ ।

गैरआख्यानात्मक कृतिलाई दिइने उत्तमशान्ति पुरस्कार विसं २०७९ का लागि बालरोग विशेषज्ञ डा नवराज केसीको ‘शून्यको मूल्य’ लाई दिइयो । त्यसले पनि लेखक सिनालको परिवारले जस्तै कर्णालीका आमजनले उपचार गराउने क्रममा भोग्नुपरेका दुःख र सङ्घर्ष समेटेको छ । महिलाको स्वास्थ्यमा लगानी गर्न आग्रह गर्दै यसले पनि नीतिनिर्मातालाई समग्र स्वास्थ्य प्रणालीकै समीक्षाका लागि घच्घच्याउन खोजेको छ । लेखकले आफू दलित जाति भएकै कारण काठमाडौँमा बस्दा भोगेका दुव्र्यवहार पनि नलुकाई प्रस्तुत गर्नुभएको छ ।

वर्णविन्यास र वाक्य रचना प्रायः शुद्ध नै छन् । लेखकको नाम कृतिको आवरणमा धिरेन्द्र र भित्री पृष्ठमा भने धीरेन्द्र र कतै अन्यौल, चेकजाँच, मुर्ख, भएँछु जस्ता शब्दले पाठकलाई बिझाउँछ भने कतै पुनरुक्तिका दोष पनि छन् । समाजवाद लागु गर्नका लागि नागरिकलाई दिनुपर्ने अत्यावश्यक स्वास्थ्य सेवा पनि अत्यावश्यक क्षेत्र भएकाले मुलुकको समग्र स्वास्थ्य प्रणालीको पुनरवलोकन गर्न कर्मचारीतन्त्र र स्वास्थ्य क्षेत्रमा चासो राख्नेहरूले प्रस्तुत कृति पढ्नैपर्छ भन्ने लाग्छ । रासस

आइतबार, असार २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

लोकप्रिय

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

ताजा

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.