डा.कृष्ण प्रसाद रेग्मी । मानिसको मुखभित्र हुने विभिन्न समस्या मध्ये मुख गन्हाउने समस्या पनि एक हो । कतिपय मानिसलाई आफ्नो मुख अथवा श्वास गन्हाउने गरेको थाहा हुंँदैन । मानिसको आफ्ना शारिरीक बनावट र अनुहार सुन्दर भएपनि मुख गन्हाउने समस्याले मानिसको व्यक्तित्वमा समेत ठुलो असर पर्छ । बिशेषगरी मानिसले अन्य रोग तथा समस्याको उपचार गर्ने गरेपनि मुख तथा श्वास गन्हाउने समस्याको लागि उपचार गरेको पाईदैन ।
मुख गन्हाउने ८० प्रतिशत सम्मको समस्या गिजा तथा दांँतमा अड्केको फोहोरका कारण हुने गरेको दन्त चिकित्सकहरु बताउंँछन । दांँतको बीचमा रहेको गिजामा खानाहरु अड्किनु , मानिसले नियमित दांँत नमाझ्नु, चिकित्सकहरुसंँग नियमित परीक्षण गर्न नजानु मुख गन्हाउने प्रमुख कारण रहेको चिकित्सकको भनाई छ । तर यसको अलावा पेटभित्रको समस्या जस्तै कलेजो, किड्नी तथा फोक्सोमा समस्या भयो भनेपनि मुख गन्हाउने समस्या हुन्छ ।
यो समस्या झट्ट हेर्दा सामान्य समस्या देखिएपनि मुखबाट निस्कने श्वासका कारण पनि विभिन्न रोग पनि सर्ने गर्दछन । यो जटिल समस्या नभएपनि यो समस्या के कारणले हुने गर्दछ , यसको दिर्घकालिन सममाधान कसरी गर्ने र यस्तो समस्याबाट कसरी बच्ने भन्ने बिषयमा भरतपुर सामुदायिक अस्पतालका दन्त तथा मुख शल्य चिकित्सक डा.कृष्ण प्रसाद रेग्मीसंँग गरिएको कुराकानीको अंश । विस्तृत कुराकानी भिडियोमा हेर्न सक्नुहुनेछ ।
