• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु

  •  शनिबार, असार ३०, २०८१ मा प्रकाशित

घोराही (दाङ) । यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो । बायाँ हातमा सर्पले डसेका चौधरीलाई परिवारका सदस्य अस्पताल पु¥याउनुको साटो झारफुकतिर लागे । बिरामीको अवस्था नाजुक बन्न थाल्यो त्यसपछि मात्रै चौधरीलाई अस्पताल लैजाने तरखर भयो । जतिबेला समय निकै टरिसकेको थियो । बेलुका ८ बजे घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरे ।

तुलसीपुर–२ भमकेका ११ वर्षीय बालक घनश्याम पाठकलाई घरको कोठामा सुतिरहेको अवस्थामा असार ६ गते राति सर्पले टोक्यो । सर्पले टोक्नेबित्तिकै घनश्यामले हजुरआमालाई जानकारी गराए । घरभित्र कसरी सर्प आयो होला भनेर हजुरआमालाई विश्वास लागेन । त्यसपछि बत्ती बालेर ओढिराखेको कम्बल फाल्दा सर्प बालकको कम्मरमा बेरिएको थियो । तत्काल उनलाई मोटरसाइकलमा चढाएर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु¥याइयो ।

प्रादेशिक अस्पतालमा खटिएका स्वास्थ्यकर्मीले उनलाई सर्पले टोकेको ठाउँ पत्ता लगाउन सकेनन् र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रिफर गरियो । आठ वर्ष अघि सर्पकै टोकाइबाट आमा गुमाएका घनश्यामलाई उपचारका क्रममा यही असार ७ गते साँझ ८ बजे डाक्टरले उनलाई बचाउन नसकिने खबर सुनाए ।

यी प्रतिनिधि मूलक घटना मात्रै हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दाङमा आर्थिक वर्ष २०७८÷७९ मा नौ र २०७९÷८० मा छ जनाको मृत्यु भएको छ । दाङमा चालु आर्थिक वर्षको हालसम्म १० जनाको मृत्यु भइसकेको छ भने एक सय ७८ जना सर्पदंशमा परेको जिल्ला प्रहरी कार्यालयको तथ्याङले देखाउँछ ।

जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङका खरिदार शम्भु आचायले सर्पदंशमा परेका बिरामीले घरपरिवार र समाजमा विद्यमान अन्धविश्वासमा परेर झारफुक वा चुसेर विष निकाल्ने जस्ता काममा समय व्यतित हुँदा ज्यान गुमाउने गरेको बताउनुभयो ।

समयमै अस्पताल पुगिसकेका बिरामीले पनि ज्यान गुमाउनुमा स्वास्थ्यकर्मीकै लापरवाही भएका बिरामीका आफन्त गुनासो गर्छन् । सर्प नचिन्दा र अस्पताल ढिलो आउने गरेका कारण कतिपय व्यक्तिहरुको सर्पदंशबाट ज्यान जाने गरेकोे चिकित्सकहरु बताउँछन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सर्पदंशका राष्ट्रिय प्रशिक्षक उमाकान्त तिवारी सर्पले टोकी हाल्यो भने तत्काल अस्पताल पुग्न आग्रह गर्नुहुन्छ ।

पछिल्लो समय एक अस्पतालबाट अर्को अस्पतालमा रिफर गर्ने भएको हुँदा पनि कतिपयले अकालमै ज्यान गुमाउने गरेको उहाँले बताउनुभयो । सर्पले टोकिसकेपछि तत्कालै सर्पको पहिचान गरी अस्पताल पुग्दा अकाल मृत्युको मुखबाट बच्न सकिने उहाँ बताउनुहुन्छ ।

अस्पताल जानुको साटो झारफुकमा विश्वास गर्दा पछिल्लो तीन वर्षमा २५ जनाको मृत्यु भएको छ । सर्पदंशका बिरामी अस्पताल पुगेपछि कुनै पनि बिरामीले ज्यान गुमाउनु पर्दैन भन्ने सरकारी नीति भए पनि जिल्लामा कतिपयले झारफुकमा लाग्दा ज्यान गुमाएका छन् भने कतिपयले सर्पको पहिचान गरी अस्पताल पुग्दा पनि मृत्युवरण गर्नुपरेको छ । रासस

शनिबार, असार ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.