• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

भोजपुर सिद्धेश्वर दावामा १५ शय्याको सामुदायिक अस्पताल शिलान्यास

  •  शनिबार, चैत ०५, २०७८ मा प्रकाशित

भोजपुर । भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावामा १५ शय्याको सामुदायिक अस्पतालको शिलान्यास गरिएको छ । दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले राज्यमन्त्री उमेश श्रेष्ठले अस्पतालको शिलान्यास गर्नुभएको हो ।

स्वास्थ्य र शिक्षाको विकासले मात्र समाजको परिर्वतन हुने बताउँदै अस्पताल निर्माणमा आवश्यक पर्ने रकमको व्यवस्था गर्न पहल गर्ने राज्यमन्त्री श्रेष्ठको भनाइ छ । राज्यमन्त्री श्रेष्ठले भन्नुभयो, “दुर्गम क्षेत्रमा सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यका साथ अस्पताल शिलान्यास भएको छ । यसबाट यहाँका जनतालाई प्रत्यक्ष राहत पुग्ने छ । गुणस्तरीय ढङ्गले तोकिएको समयमा सम्पन्न गराउन मेरो पहल रहन्छ ।”

सामान्य बिरामी हुँदासमेत उपचारका लागि जिल्ला बाहिर जानुपर्ने भोजपुरका स्थानीयवासीको बाध्यता छ । आर्थिकरूपमा सक्षम हुनेहरु हेलिकोप्टर चार्टर्ड गरेर बाहिरका अस्पतालमा जाने गरेपनि सर्वसाधरण नागरिकलाई स्वास्थ्य सेवा लिन समस्या छ ।

दावाली मिलन क्लबको पहलमा नेत्र प्रेमकुमारी सामुदायिक अस्पतालको शिलान्यास भएपछि स्थानीय नागरिक सहजरूपमा स्वास्थ्य सेवा पाउनेमा आशावादी बनेका छन् ।स्थानीय ज्योति पौडेलले भन्नुभयो, “आफ्नो ठाउँमा अस्पताल शिलान्यास भएको छ । अब स्वास्थ्य सेवा लिन सहज हुनेमा हामी आशावादी छौँ । गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन सबैले ध्यान दिन आवश्यक छ ।”

अस्पताल निर्माणका लागि आवश्यक पर्ने ३० रोपनी जग्गा स्थानीय नेत्रप्रसाद पाण्डेले निःशुल्क प्रदान गर्नुभएको छ । भोजपुर नगरपालिका मात्र नभएर जिल्लाभित्र तथा अन्य जिल्लाका मानिसलेसमेत सहजरूपमा स्वास्थ्य सेवा पाऊन् भन्ने लक्ष्यले जग्गा दिएको पाण्डेको भनाइ छ ।

एकमात्र सरकारी अस्पताल रहेको भोजपुरमा सामुदायिक अस्पताल निर्माणपछि स्थानीयवासीले स्वास्थ्य सेवा लिन सहज भएको उनीहरुको भनाइ छ । यसअघिको सरकारले शिलान्यास गरेका आधारभूत अस्पतालको कामले भने गतिलिन सकेको छैन ।

यसैबीच गरिबीका कारण मुटुरोग, हार्डजोर्नी, दम, स्त्रीरोगजस्ता रोगबाट ग्रसित भोजपुरका नागरिकले नेपालकै वरिष्ठ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । गरिबीका कारण उपचार गराउन नपाएका उनीहरु दावाली मिलन क्लबको सक्रियतामा आफ्नै जिल्लामा उपचार पाएका हुन् ।

दावाली मिलन क्लब, नेपाल चिकित्सक सङ्घ, भोजपुर अस्पताल र भोजपुर नगरपालिकाको साझेदारीमा भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा करिब तीन हजार १०० बढीले सेवा लिएका छन् । एक मात्र सरकारी अस्पताल रहेको भोजपुरमा सामान्य किसिमका बिरामी पर्दासमेत ठूलो आर्थिकभार व्यहोरेर स्वास्थ्योपचारका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता छ ।

जिल्लामै विशेषज्ञ चिकित्सबाट मुटुरोग, हार्डजोर्नी, दम, स्त्रीरोग, यौन तथा छाला रोग, नाक, कान,घाँटी, आँखा, दाँतलगायतका रोगको निःशुल्क उपचार पाउँदा बिरामीलाई राहत मिलेको स्थानीयवासीले बताएकाछन् । स्थानीय चन्द्रबहादुर भुजेलले भन्नुभयो, “जिल्लामा सुविधा नहुँदा हामीलाई धेरै नै समस्या छ । वरिष्ठ चिकित्सकको सेवा आफ्नै ठाउँमा लिन पाउँदा खुसी लागेको छ ।”

विशेषगरी मुटुरोग, स्त्रीरोग हार्डजोर्नी तथा आँखा बिरामीको सङ्ख्या बढी रहेको मुटुरोग विशेषज्ञ डा भगवान् कोइरालाले बताउनुभयो । जिल्ला अस्पतालको भवन सुविधासम्पन्न भएपनि दक्ष जनशक्तिनहँुदा बिरामीलाई समस्या हुने गरेकाले यसतर्फ राज्यले ध्यान दिनुपर्ने उहाँको भनाइ छ। विशेषगरी ज्येष्ठ नागरिक, महिला, बालबालिका, तथा विपन्न नागरिकलाई लक्ष्य गरेर शिविरको आयोजना गरिएको भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेको भनाइ छ ।

शनिबार, चैत ०५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.