कञ्चनपुर । बेलौरीका डुबान प्रभावितमा पानीजन्य रोगको सङ्क्रमण फैलिन नदिन औषधिसहित स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका स्वास्थ्य, महिला तथा बालबालिकामन्त्री ओमविक्रम भाटले आज बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीलाई औषधिलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।
डुबानमा परेका परिवारलाई सङ्क्रामक रोग लाग्न नदिन औषधिलगायत सामग्री हस्तान्तरण गरिएको मन्त्री भाटले बताउनुभयो ।
उहाँका अनुसार पानीजन्य सङ्क्रामक रोगविरुद्धका औषधि, कीट र आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । मन्त्री भाटले पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका, बेलडाँडी गाउँपालिका र दोधारा चाँदनी नगरपालिकाको बाढी प्रभावित क्षेत्रको अनुगमनसमेत गर्नुभएको छ । रासस
