• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणाको तयारी

  •  बुधबार, साउन ०२, २०८१ मा प्रकाशित

दाङ । लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिने भएको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भइसकेको र अब प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न मात्रै बाँकी रहेको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।अघिल्लो वर्ष लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित हुन नसके पनि यस वर्ष लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित हुन सफल भएको छ । १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि प्रदेश पूर्ण खोप सुनिश्चित भएको उल्लेख गरिएको छ । १६ महिनादेखि ५९ महिनासम्मका दुई लाख ६२ हजार आठ सय ५६ बालबालिकामध्ये दुई लाख ६० हजार तीन सय ८३ जना बालबालिकाले पूर्ण खोप पाएको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा.वासुदेव उपाध्यायले बताउनुभयो ।

प्रदेशमा एक सय ३० जना बालबालिकाले एक पटक पनि खोप नलगाएको भेटिएको छ । यसरी खोप लगाउन छुटेका बालबालिकालाई यस वर्ष खोप दिइएको छ । यसका साथै बीचमा खोप लगाउन छुटेका तर यस वर्ष खोप लगाएका बालबालिकाको सङ्ख्या दुई हजार तीन सय ४३ जना रहेको छ । खोपमा ड्रप आउट बालबालिका धेरै भेटिएको मन्त्रालयले जनाएको छ । केही समुदायभित्र अझै पनि खोपप्रति नकारात्मक धारणा रहेकाले ती समुदायका बालबालिकाहरू खोप लगाउन छुटेको र ड्रप आउट हुने देखिएको मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशको बाँके जिल्लामा सबैभन्दा धेरै खोप लगाउन छुटेका बालबालिका भेटिएका छन् । बाँके जिल्लामा ८५ जना बालबालिकाले पहिलो पटक खोप लगाएका छन् । दाङमा १२ जना, प्युठानमा र कपिलवस्तुमा ११, रोल्पा र बर्दियामा चार-चार, अर्घाखाँची, पश्चिम नवलपरासीमा एक-एक जना छुटेका बालबालिकाले खोप लगाएका छन् । रुकुम पूर्व, गुल्मी, पाल्पा जिल्लामा खोप लगाउन छुटेका बालबालिका भेटिएका छैनन् । यस्तै खोपमा ड्रप आउट भएका बालबालिका बाँके र कपिलवस्तु जिल्लामा धेरै भेटिएका छन् । बाँकेमा आठ सय ५१ र कपिलवस्तुमा छ सय २६ जना छुटेका बालबालिकाले यसपालि खोप लगाएका छन् ।

रुपन्देहीमा तीन सय २४, नवलपरासी पश्चिममा दुई सय १६, बर्दियामा एक सय ४९, दाङमा ७२, प्युठानमा ६७, रोल्पामा १५, गुल्मीमा १३, पाल्पामा छ, अर्घाखाँचीमा चारजना ड्रप आउट भएका बालबालिकाले खोप लगाएका छन् । रुकुम पूर्वमा भने ड्रप आउट भएका बालबालिका फेला नपरेको मन्त्रालयले जनाएको छ ।

बुधबार, साउन ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.