युरोलोजी वा भनौ पिसाब वा मृगौला,मुत्रनली सम्बन्धी रोगलाई हामीले चिन्ने गर्छौ । पछिल्ला बर्षहरुमा जति जति यसको प्रविधिको विकास भयो त्यति त्यति पिसाब सम्बन्धी रोग भएका मानिसको संख्या पनि बढ्दै गएको पाउंँछौ । मानिसको आधुनिक जीवनशैली , खानपानका कारण पिसाबसम्बन्धी विभिन्न रोग लाग्ने गर्छ । प्रायः मानिसमा विभिन्न कारणले मृगौला तथा मुत्रनलीमा पत्थरी तथा क्यान्सर रोग समेत भएको पाउंँछौं । यो रोग विभिन्न कारणले लाग्ने गर्दछ । स्वस्थ पानीको मात्रामा कमी, अस्वस्थ खानपान, धुम्रपान ,मद्यपानका कारणले पनि मृगौला, मुत्रनलीमा पत्थरी तथा यस सम्बन्धि रोग लाग्ने चिकित्सक बताउंँछन । मृगौला रोगकै कारण पनि निःसन्तान सम्बन्धि समस्या देखा पर्ने गरेको छ ।
बिशेष गरेर मृगौलाको नियमित परीक्षण, स्वास्थ्य सचेतनाको अभाव तथा अस्वस्थकर खानाका कारण बढीमा मात्रामा यो रोग न्यून तथा मध्यम बर्गीय परिवारमा देखिएको पाउंँछौ । हामीले पिसाब सम्बन्धी समस्याबाट बच्न मुख्यगरी मृगौलाको बढी सावधानी अपनाउनु पर्ने हुन्छ । एउटा स्वस्थ मानिसले दैनिक कति लिटर पानी पिउने, कतिपटक पिसाब फेर्ने , पिसाब सम्बन्धि रोगका लक्षण के के हुन? र मृगौलालाई कसरी बचाउने र प्रविधि लगायतका बिषयमा हामी वरिष्ठ मुत्ररोग बिशेषज्ञ डा.चितरञ्जन शाह संँग कुराकानी गरेका छौं । पिसाब रोग सम्बन्धि थप जानकारीको लागि तलको भिडियो लिंक क्लिक गर्नुहोला !
