• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २१ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २१ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

सर्पले डसेका बिरामीको सफल उपचार गर्दै ‘राप्ति प्रादेशिक अस्पताल’

  •  मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित

तुलसीपुर । सल्यान बागचौर नगरपालिका–८ कोटमौला घर भई हाल तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुर बस्दै आएकी एक बालिकालाई आज सर्पले डस्यो । ओछ्यानमा सुतिरहेको अवस्थामा तीन वर्षीया बालिका सिर्जना चन्दलाई सर्पले डसेपछि उनीहरूले नजिककै धामी भएको ठाउँमा लगे । धामीले तत्काल अस्पताल लैजान भनेपछि राप्ति प्रादेशिक अस्पताल तुलसीपुर ल्याइयो । आमा लक्ष्मी चन्दसँगै सुतिरहेको अवस्थामा सर्पले डसेपछि गम्भीर अवस्थाकी बालिकालाई अस्पताल ल्याउँदा उनको मुटुको धड्कन निकै कम चलिरहेको थियो । अस्पतालका डा रोशन गुप्ताका अनुसार ५ः३० बजेतिर बिरामीलाई अस्पताल ल्याइएको थियो ।

त्योबेला अक्सिजनको स्तर पनि ४० प्रतिशतभन्दा कम भइसकेको थियो । “अक्सिजनको लेभल ५० भन्दा कम हुँदा निकै जोखिम हुन्छ, तर ती बालिकाको अक्सिजनको लेभल ४० भन्दा कम भइसकेको थियो”, उहाँले भन्नुभयो, “बालिकाले श्वास पनि फेरिरहेको थिएन, उनलाई बचाउन सकिन्छ, की सकिँदैन भन्ने नै थियो ।” बिरामीले श्वास नै नफेरेपछि ‘एम्बु ब्याग’को सहायताले अक्सिजन दिइयो । अक्सिजन दिँदै ‘एन्टि स्नेक भ्यानम’ पनि दिएपछि ९ बजेतिर बिरामी बालिका होस्मा आइन् । अहिले उनको अवस्था सामान्य रहेको डा गुप्ताले बताउनुभयो ।

“सुतेको अवस्थामा बिहान ३ बजेतिर सर्पले डसेको देखिन्छ, ५ः३० बजेपछि मात्रै अस्पताल ल्याउँदा निकै ढिला भइसकेको थियो”, उहाँले भन्नुभयो, “तर समयमै ल्याएपछि विषालु सर्पले डसेका बिरामीको सफल उपचार गर्न सकिन्छ ।” उनलाई कोभ्रा सर्पले टोकेको थियो ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ‘रेफर’ अस्पतालको उपनाम दिने गरिएको भए पनि बिरामी र आफन्तले विश्वास गरेर बिरामीको सफल उपचार गर्न सकिने कुराको यो गतिलो उदाहरण भएको उहाँको भनाइ छ । “यो अरु जस्तो ‘केश’ थिएन, निकै असहज अवस्थामा पनि बिरामीका आफन्तले विश्वास गरेपछि सकिने रहेछ भन्ने एउटा उदाहरण हो”, उहाँले भन्नुभयो, “सर्पले टोकेका बिरामी पनि धामीझाँक्रीको विश्वास नगरेर सिधै अस्पतालमा ल्याए सम्भव छ ।”

यो त एउटा उदाहरण मात्रै हो । अहिलेसम्म अस्पतालमा समयमै उपचारका लागि आएका सर्पले डसेका बिरामीको सहज उपचार गरेर पठाएको अस्पतालका आपत्कालीन शाखा प्रमुख धनबहादुर केसीले बताउनुभयो । यस महिनामा मात्रै दुई जना विषालु सर्पले डसेका बिरामी आएको उहाँले बताउनुभयो । ती दुवैजनाको उपचार सफल भएको केसीले बताउनुभयो ।

त्यस्तै गएको आव २०८०/८१ मा १७ जना विषालु सर्पले डसेका बिरामी आएका थिए । तीमध्ये छ जनालाई बाहिर पठाइएको र अन्य ११ जनाको उपचार सफल भएको प्रमुख केसीले बताउनुभयो । रासस

मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.