• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १४ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १५ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १६ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

म्याद सकियो, पूरा भएन अस्पताल भवन

  •  शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित

गलकोट (बागलुङ)। निर्माण व्यवसायीले समयमै काम गरेका भए बागलुङ नगर अस्पताल भवन निर्माण भइसकेर सेवा दिन थाल्थ्यो । पन्ध्र श्ययाको बागलुङ नगर अस्पताल बागलुङ नगरपालिका–१३ पैँयुपाटामा निर्माणधीन छ । २०८० असार २० गते निर्माण सकेर हस्तान्तरण गर्नेगरी अस्पताल भवनको जिम्मा पाएको निर्माण व्यवसायीले दुई पटक म्याद थप्दा समेत ५० प्रतिशत मात्रै काम सम्पन्न गरेको छ ।

बागलुङ नगरपालिकाको १५ श्ययाको अस्पतालको दोस्रो ढलान मात्रै सम्पन्न भएको छ । दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता अस्पतालको तीन वर्ष बित्दासमेत जम्मा ५० प्रतिशत काम सकिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

निर्माण व्यवसयीले भुक्तानी समयमै नपाएको, कच्चा सामग्री आयातमा सडकको अवरोध रहेका कारण निर्माणमा ढिलाइ भएको जनाउँदै आए पनि दुई पटक मिति थप्दासमेत भवन निर्माण आधा मात्रै सकिएको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले बताउनुभयो । “१५ श्याको नगर अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ, २०८० असारमा म्याद सकिएको थियो, एक वर्षलाई थपेको म्याद सकियो, पुनः एक वर्षलाई दोस्रोपटक म्याद थपिएको छ, काम बल्ल ५० प्रतिशत भएको छ, एकतला अझै ढालन गर्न बाँकी छ”, घर्तीले भन्नुभयो, “सार्वजनिक खरिद नियमावली २०६४ को १२औँ र १३औँ संशोधनअन्तर्गत दोस्रो पटक म्याद थपिएको छ, एक वर्षमा काम गरे अस्पताल भवन निर्माण गरेर हस्तान्तरण गर्न सकिन्छ, निर्माण व्यवसायीले समयमै काम गर्न नसक्दा दुई पटक म्याद थपिएको छ ।”

नगर अस्पताल पुरानो स्वास्थ्यचौकीको भवनबाट सेवा दिन सुरु गरेकै तीन वर्ष बितिसक्दा अस्पताल भवन निर्माण हुँन नसकेको हो ।

स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पताल बनाएर सेवा दिए पनि भवन अभावले समस्यामा परेको स्थानीय बालकृष्ण शर्माले बताउनभुयो । लामो समयको प्रयास र पहलपछि बागलुङ नगरपालिकाको नगर अस्पताल बागलुङ नगरपालिका–१३ पैँयुपाटामा १५ श्ययाको नगर अस्पताल भवन निर्माण अघि बढे पनि निर्माण व्यवसायीको चरम लापरवाहीका कारण भवन निर्माणले गति लिन नसकेको हो ।

निर्माण व्यवसायीलाई ताकेता गरिरहेको बताउँदै वडा नं १३ का वडाध्यक्ष नारायण पौडेलले असारभित्रै अन्तिम तला ढलानको तयारी गरे पनि सडक मार्ग अवरुद्ध भएपछि कामदारले अस्पताल निर्माणको काम छाडेर घर गएको बताउनुभयो । अस्पतालबाट अहिले मेडिकल अधिकृतसहितको सेवा प्रदान भइरहेको उहाँले बताउनुभयो ।

बागलुङ –१३ पैँयुपाटा स्वास्थ्यचौकीलाई नै नगर अस्पतालका रुपमा नामकरण गरेको बागलुङ नगरपालिकाले नयाँ भवन निर्माणका लागि रु १२ करोड ८७ लाखमा ठेक्का सम्झौता गरे पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अस्पताल भवन निर्माण कहिले सकिने टुङ्गो नलागेको वडाध्यक्ष पौडेलले बताउनुभयो ।

“बागलुङ नगरपालिकाको बलेवा क्षेत्र सदरमुकामको पहुँचबाट टाढा भएका कारण नगर अस्पताल यही बनाउने गरी काम थालेको थियो, तीन वर्षमा आधा काम हुँदा अझै कति वर्ष लाग्छ भन्ने जनतालाई आशङ्का छ”, वडाध्यक्ष पौडेलले भन्नुभयो “सरकारले प्रत्येक पालिकामा १५, १० र ५ श्ययाको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्यअनुसार स्वास्थ्यको पहुँचबाट टाढा रहेको नगरपालिकाको दक्षिण भेगलाई लक्षित गरी नगर अस्पताल निर्माण थालिएको भए पनि अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा सेवा दिँदा समस्या भएको छ ।”

पन्ध्र श्ययाको अस्पताल भवन निर्माण गर्न श्री महालक्ष्मी जुगल जेभीसँग २०७८ असार २३ गते रु १२ करोड ८७ लाखमा सम्झौता भएको थियो । उक्त भवन २०८० साल असार २० गतेसम्म सक्नुपर्ने सम्झौता रहेको छ । अस्पतालको प्रवेशद्वार, पार्किङलगायत संरचनासहित तीन तलाको विद्युतीय भ¥याङसहितको अस्पताल निर्माण हुने भए पनि समयमै भुक्तानी नहुँदा र सडक बन्द हुँदा निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायका आधिकारिक प्रतिनिधि नरेश ओझाले बताउनुभयो । साढे दुई करोड भुक्तानी गर्न राज्यले बाँकी रहेको बताउँदै भुक्तानी पाउँदासाथ काम गरेर सक्ने ओझाको भनाइ छ ।

बागलुङ नगरपालिकाको रायडाँडा, पैँयुपाटा, अमलाचौर र नारायणस्थनका बासिन्दालाई अस्पताल निर्माणसँगै स्वास्थ्य सेवा लिन सहज हुनेगरी नगर अस्पताल घोषणा गरेर सेवा दिन थाले पनि भवन निर्माणमा ढिलाइ हुँदा पूर्ण सेवा दिन नसकिएको हो ।

शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.