• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, कार्तिक १२, २०८३
बुधबार, कार्तिक १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
  • १३ घण्टा 

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
  • १३ घण्टा 

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग
  • १३ घण्टा 

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • १५ घण्टा 

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • १५ घण्टा 

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
  • २ दिन 

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
  • २ दिन 

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
  • २ दिन 

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ४. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ५. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ६. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ७. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ८. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ९. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

  • १०. मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

वैद्यखानाबाट शिलाजीत पुनःउत्पादन सुरू

  •  शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित

काठमाडौँ । सिंहदरबार वैद्यखाना विकास समितिले शिलाजीत उत्पादन पुनः सुरू गरेको छ । लामो समयदेखि उत्पादन बन्द भएको शिलाजीत बिहीबारदेखि बजारमा आएको समितिले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा जानकारी गराइएको हो । शिलाजीतको माग बढिरहेकाले पुनःउत्पादन सुरू गरिएको समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले जानकारी दिनुभयो ।

विसं २०५१ मा जारी भएको समितिको गठन आदेशअनुसार २०७५ सालसम्म सञ्चालनमा रहेको समिति २०७५ देखि २०७७ सालसम्म समिति गठन आदेशविना सञ्चालन हुँदा समस्या भएको छलफलका क्रममा जानकारी गराइएको थियो । विसं २०७७ सालमा सरकारले अर्को गठन आदेश जारी गरी समस्या समाधानको प्रयास भएसँगै समितिले उत्पादनमूलक काम अगाडि बढाएको डा केसीले बताउनुभयो ।

यसैगरी आयुर्वेदअनुसार दुई सय १० प्रकारका औषधि गाँजाबाट बनाउनुपर्नेमा गाँजा प्रतिबन्ध लागेसँगै समितिको उत्पादनमा पनि समस्या भएको उहाँले उल्लेख गर्नुभयो । “गठन आदेशको समस्या थियो, २०७७ मा अर्को गठन आदेश बनाइएसँगै केही समस्या समाधान भएका छन् । समितिको गठन आदेशमा ११ औँ तहको कार्यकारी निर्देशकको व्यवस्था भए पनि निजामती किताबखानामा त्यो दर्ता नभएकाले समस्या भएको छ । अब त्यसको समाधानका विषयमा पनि सोच्न आवश्यक छ”, कार्यकारी निर्देशक डा केसीले भन्नुभयो,“व्यवस्थापकीय समस्या समाधान भएमा समितिले आफ्ना नियमित कामलाई थप प्रभावकारी ढङ्गले अगाडि बढाउने छ ।”

समितिका पूर्वनिमित्त प्रबन्ध निर्देशक ऋषिराज रेग्मीले गठन आदेश नभएको अवधिमा आएका समस्याले नै समितिमा काम गर्ने वातावरण नभएकाले त्यसको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो ।

समितिका लेखा अधिकृत उमानाथ ढकालले समिति आर्थिक सङ्कटमा फसेको जानकारी गराउनुभयो । समितिमा दुई जना निजामती र अरु समितिअन्तर्गतका कर्मचारी रहेका छन् । हाल सुधारका काम सुरू भएको लेखा अधिकृत ढकालले सुनाउनुभयो ।

उत्पादन अधिकृत विनोद साहले च्यवनप्राश उत्पादन वृद्धिका लागि आवश्यक तयारी भएको जानकारी दिनुभयो । योजना शाखा प्रमुख सतीश पौडेलले निवृत्तिभरणपछिको कोषमा रकम नभएकाले त्यसको सुनिश्चितताका लागि आग्रह गर्नुभयो ।

उत्पादन अधिकृत हरिदेवप्रसाद यादवले आयुर्वेद अनुसन्धान केन्द्रमा बजेट बढेर जाने गरे पनि सिंहदरबार वैद्यखानामा त्यसो हुन नसक्दा समस्या भएको बताउनुभयो । बजेट नभएर उत्पादनमा कमी आएको उहाँको भनाइ थियो । गुणस्तर नियन्त्रण अधिकृत गोविन्द ढकालले वैद्यखानाबाट उत्पादिन आयुर्वेदका औषधिको गुणस्तर राम्रो हुने भएकाले बजारमा माग भने धेरै हुने गरेको सुनाउनुभयो । हाल देखिएका समस्या समाधानमा सरकारले सहयोग गरे समितिले उत्पादन वृद्धिमा जोड दिने धारणा राख्नुभयो । रासस

शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

लोकप्रिय

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

ताजा

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.