• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

असुरक्षित गर्भपतनले स्वास्थ्यमा जोखिम बढ्दै

  •  सोमबार, साउन २१, २०८१ मा प्रकाशित

देउखुरी (दाङ) । असुरक्षित गर्भपतनले स्वास्थ्य जोखिममा बढ्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अनिश्चित तथा अवैध गर्भधारणसँगै गरिने असुरक्षित गर्भपतनका कारण महिलाको मृत्यु हुनुका साथै जोखिम बढ्दै गएको उनीहरुको भनाइ छ ।

आज दाङको घोराहीमा आयोजित कार्यक्रमका घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राधा पौडलले असुरक्षित गर्भपतनका कारण कतिपय महिलाको ज्यानै जाने गरेको बताउनुभयो । परिवार नियोजनका साधनका रुपमा गर्भपतनलाई लिन नहुने उहाँको भनाइ थियो ।

यौन सम्पर्कका क्रममा सचेत नहुँदा अनिश्चित गर्भ रहन जाने र गर्भ बसेको थाहा पाएपछि चकटेल खाए झैँ औषधि प्रयोग गर्दा महिलाले ज्यान गुमाउनु परेको बताउनुभयो । यस विषयमा सबैै गम्भीर हुनु आवश्यक रहेको बताउनुभयो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ प्रशासक शर्मिला शर्माले अनुमति नलिएका क्लिनिक (मेडिकल) मा गएर अवैध रुपमा गर्भपतन गराउने र अनावश्यक औषधि सेवनले पनि महिलाको ज्यान जोखिममा पर्ने गरेको बताउनुभयो । लुकिछिपी औषधि सेवन गर्ने र औषधिले गर्भ गएन भने औजारको प्रयोग गरी गर्भपतन गर्ने गरेको उहाँको भनाइ थियो । उहाँले सूचीकृत स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट मात्र सुरक्षित गर्भपतन गराउनुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन रीता न्यौपानेले आर्थिक वर्ष २०७८÷७९ मा दुई हजार दुई सय ६२, आव २०७९÷८० मा दुई हजार एक सय चार र आव २०८०÷८१ मा दुई हजार पाँच सय ९३ जनाले सुरक्षित गर्भपतन गराएका छन् । जिल्लामा चालु आर्थिक वर्षमा दुई सय ७७ जनाले सुरक्षित गर्भपतन गराएको उहाँले दिनुभयो ।

औषधिबाट १२ हप्तासम्मको गर्भ सुरक्षित रुपमा गर्भपतन गराउने सुविधा रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै, दाङका १० वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट दक्ष चिकित्सकको प्रविधि प्रयोगबाट १२ हप्ताभन्दा बढी समयको गर्भपतन गराउने सुविधा रहेको छ ।
यसरी कानुनी रुपमै सुरक्षित गर्भपतन गराउन पाउने व्यवस्थासहित जिल्ला अस्पताल र अन्य अस्पतालमा सुविधा भए पनि जनचेतना अभावका कारण महिलाले असुरक्षित गर्भपतन गर्ने गरेका उहाँको भनाइ छ ।

स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख किशोर आचार्यले असुरक्षित गर्भपतनकै कारण दाङमा कतिपय महिलाले ज्यान गुमाएको तथ्यहरु सार्वजनिक हुने गरेको बताउनुभयो । सुरक्षित गर्भपतनसम्बन्धी चेतना फैलाउन स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पत्रकार, शिक्षकलगायतमा सहयोग गर्न आग्रह गर्नुभयो । गर्भपतन गराउनुपर्ने बाध्यात्मक परिस्थितिमा अनुमति प्राप्त अस्पताल तथा स्वास्थ्य संस्थामा गएर सेवा लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री रोग विषेशज्ञ डा वसन्त लामिछानेले निःशुल्क साथै सुरक्षित गर्भपतन गराउन सकिन्छ भन्ने प्रावधानप्रति बेखबर रहँदा कतिपयले असुरक्षित गर्भपतन गराउन पुग्दा ज्यान गुमाउने गरेको बताउनुभयो । उहाँले सचेतनाकै कमी रहेको बताउनुभयो ।

महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने १२ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । त्यसैगरी भ्रुणमा कमीकमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाच्न नसक्ने गरी गर्भको भ्रुणमा खराबी रहेको वंशाणुगत खराबी वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्था रहने भन्न्ो उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन सकिने व्यवस्था छ । रासस

सोमबार, साउन २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.