• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

सन्दर्भ विश्व क्षयरोग दिवसः कहाँ हराए क्षयरोगका ४० हजार बिरामी ?

  •  बुधबार, चैत ०९, २०७८ मा प्रकाशित

काठमाडौँ, ९ चैत (रासस)ः नेपालमा अझै पनि ४० हजारभन्दा बढी क्षयरोगका बिरामी उपचारबाट वञ्चित छन् । हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी पत्ता लाग्ने गरेकामा आर्थिक वर्ष २०७७÷७८ मा २८ हजार ६७७ जनाले मात्र उपचार गराएको थियो । बाँकी बिरामी उपचारको पहुँचबाट बाहिर रहेको जनाइएको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जयकुमार ठाकुरका अनुसार नेपालमा वार्षिक नयाँ र पुरानो गरी एक लाख १७ हजार क्षयरोगका बिरामी हुन्छन् । तीमध्ये २८ हजार ६७७ जनाले मात्र रोग पत्ता लागि उपचार गराएका छन् । यसका आधारमा अझै पनि ७५.४८ प्रतिशत क्षयरोगका विरामी उपचार सम्पर्कबाट बाहिर छन् । उपचार गराउन आएकामध्ये ९१ प्रतिशत बिरामी निको भएर जाने गरेको उहाँले बताउनुभयो । तीमध्ये ६७ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र सात प्रतिशत बालबालिका रहेका छन् । “जनचेतनाको अभाव र उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाएर अझै धेरै बिरामी सम्पर्कमा नै आएका छैनन्”, उहाँले भन्नुभयो, “ती बिरामीलाई सम्पर्कमा ल्याएर उपचार गर्नु चुनौती रहेको छ ।”

सरकारले औषधि निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । क्षयरोग नियमित उपचारले निको हुने गर्दछ । औषधि प्रतिरोधी क्षयरोगका बिरामी वार्षिक दुई हजार २०० रहेका छन् । यो सङ्ख्या जनसङ्ख्याको हिसाबले नेपालमा अत्यन्त धेरै हो । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएको ३० देशको सूचीमा राखेको छ । आव २०७७÷७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ५६९ जनाको औषधि प्रतिरोधी क्षयरोग पहिचान गरिएको थियो । तीमध्ये ४१८ जना उपचारमा गराइरहेका छन् । केन्द्रका निर्देशक डा ठाकुरले औषधि प्रतिरोधी क्षयरोगका बिरामी र रोग पत्ता लागी उपचारमा आएका बिरामीको सङ्ख्या हेर्दा एक हजार ६३१ जना बिरामीको रोग पत्ता लगाई उपचारमा ल्याउन चुनौती रहेको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले क्षयरोगको अन्त्यका लागि मन्त्रालयले पञ्चवर्षीय रणनीतिक योजना २०७८÷७९ देखि २०८२÷८३ कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । उहाँका अनुसार यस रणनीतिअनुसार स्वास्थ्य सेवा प्रणालीलाई सुदृढीकरण गरी स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि गुणस्तरीय क्षयरोग सेवाको सुधार, राष्ट्रिय क्षयरोग प्रेषण प्रयोगशालाको सुदृढीकरण, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको गुणस्तर सुनिश्चितामा संलग्न गरिनेछ । यस्तै देशका विभिन्न चार स्थानमा क्षयरोग प्रेषण प्रयोगशालाको स्थापना गर्ने, समुदाय र परिवारमा आधारित डट्स सेवाको विस्तार तथा लागू गर्ने, केन्द्रीय स्तरमा निर्माण सम्पन्न भएको छाती रोग अस्पतालको सञ्चालन गरी सातवटै प्रदेशमा क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको विस्तार गर्ने रणनीतिमा उल्लेख गरिएको छ ।

सचिव डा पोखरेलले क्षयरोग नियन्त्रणमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले पनि क्षयरोगका बिरामी पत्ता लगाउन कठिन भएको उल्लेख गर्दै निजी सङ्घसंस्थाको पहलमा सहकार्य गरेर क्षयरोगका बिरामी पत्ता लगाई उपचार गर्नुपर्ने बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनका नेपालका प्रमुख डा राजेश पाण्डवले क्षयरोग केन्द्रित सेवालाई प्रभावकारी रुपमा कार्यान्वयन गरी उपचार गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहलाई नेपाल क्षयरोग मुक्त घोषणा अभियानमा सहभागिता गराई नेपाललाई चाँडै नै क्षयरोग मुक्त घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले प्रत्येक स्थानीय तहलाई क्षयरोगमुक्त गर्दै क्षयरोग निवारणका लक्ष्य हासिल गर्नका लागि यसै आवदेखि २५ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय तह क्षयरोग मुक्त अभियान आगामी चार वर्षभित्र सबै स्थानीय तहमा सञ्चालन गरिने केन्द्रका निर्देशक डा ठाकुरले जानकारी दिनुभयो । आव २०७७÷७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत ८९६ माइक्रोस्कोपिक केन्द्र, ८४ जिनएक्सपर्ट केन्द्र तथा उपचार सेवाअन्तर्गत पाँच हजार ५०३ डट्स केन्द्र, २२ डिआर उपचार केन्द्र, ८१ डिआर उपचार उपकेन्द्र, ६ डिआर होस्टेल र एक डिआर होममार्फत सेवा प्रदान गरिएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले स्थानीय तहबाट नै क्षयरोग मुक्त अभियान सञ्चालन गरिएको बताउनुभयो । भोलि नेपालसहित विश्वभरि नै ‘क्षयरोग अन्त्यका लागि लगानी बढाआँै, जीवन बचाआँै’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदैछ । प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहँदै आएको क्षयरोग सरुवा रोग भएका कारण हराइरहेका बिरामी पत्ता लगाउन निकै चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो । क्षयरोग माइक्रोब्याटेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाका कारण हुन्छ । यो रोग खोक्दा वा हाछ्युँ गर्दा बिरामीबाट हावामा गई हावालाई दुषित बनाउँछ र उक्त हावा स्वास्थ्य मानिसले लिँदा रोग सर्न सक्छ । “लगातार खोकी लाग्ने, साँझपख हल्का ज्वरो आउने, खाना नरुच्ने, खकारमा रगत देखिने, शरीरको तौल घट्दै जानेजस्ता लक्षणहरु देखा परेमा रोग लागेको हुन सक्छ”, उहाँले भन्नुभयो, “यस्तो लक्षण देखिए नजिकको स्वास्थ्यसंस्थामा जचाउन जानुपर्छ ।”

क्षयरोग र कोरोना दुबै स्वासप्रस्वासबाट सर्ने रोग हो

क्षयरोग र कोरोना सङ्क्रमण दुबैले फोक्सोमा असर गर्दछ । दुवै रोगका मिल्दा लक्षणमा ज्वरो आउने, खोकी लाग्ने, थकाई लाग्ने, सास फेर्न गाहे हुने हुन्छ । त्यसैले यस्ता लक्षण देखिए कोरोनाका साथ क्षयरोगको परीक्षण गराउनुपर्छ ।

क्षयरोग केन्द्रको अनुसन्धानमा ४० प्रतिशत डिआरटिभीका विरामीहरुमा कोभिड–१९को सङ्क्रमण देखिएको छ । क्षयरोगका विरामीलाई कोभिड भएमा चाँडै निमोनिया बढ्ने र स्वासप्रस्वाससम्बन्धी जटिलता आउने भएकाले समयमै सजगता अपनाउनुपर्छ । विश्व स्वास्थ्य सङ्गठनको २०२० को प्रतिवेदनअनुसार विश्वभरि ९९ लाख मानिसहरु क्षयरोगबाट पीडित भएको र तीमध्ये वार्षिक १५ लाखको मृत्यु हुने गरेको छ । रासस

बुधबार, चैत ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.