• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

कुपोषणको समस्यामा बाँकेका बालबालिका

  •  मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित

बाँके । बालबालिकाको कुपोषण सुधारको लागि स्वास्थ्य कार्यालय लगायत स्थानीय तहले धेरै कार्यक्रम ल्याएका छन् । बर्सेनी ठूलो धनराशी कुपोषण सुधारको क्षेत्रमा खर्च गरिए पनि बालबालिकाको कुपोषण दर भने घट्न सकेको छैन ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेको तथ्यांकअनुसार ०७८/०७९ मा १ हजार ५६ जना २ वर्षमुनिका बालबालिका कुपोषित थिए । आव ०७९/०८० मा १ हजार ४ सय १९ बच्चाहरूमा कुपोषण देखिएको थियो । ०८०/०८१ मा १ हजार ३ सय १० बालबालिकामा कुपोषण देखिएको तथ्याङ्क छ ।

संघीय संरचनापछि स्थानीय तहले नै कुपोषण घटाउन कार्यक्रम गरिरहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देव नारायण उपाध्यायले बताउनु भयो । उहाँले भन्नुभयो, अझै पनि पाखुराको जाँच लिने क्रममा कुपोषित बालबालिकाहरू भेटिरहेका छन् । स्थानीय तहहरूसँग मिलेर विभिन्न सङ्घसंस्थाले पनि पोषण सुधारको लागि काम गर्दै आएका छन् । पोषण सुधारको उपलब्धी भने शून्यप्रायः छ ।

ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित हुने गरेका छन् । पोषिलो खानेकुराको अभावमा कुपोषणग्रस्त हुने गरेका हुन् । समयमै पोषिलो खाना नपाएकै कारण अधिकांश बालबालिका कुपोषित छन् । स्थानीयस्तरमा चेतनाको कमी र गरिबीले जानकी गाउँपालिका,नरैनापुर गाउँपालिका सहित नेपालगन्ज उपमहानगरपालिका लगायत अधिकांश क्षेत्रमा कुपोषित बालबालिकाको सङ्ख्या बढी छ । गर्भवती हुने बेलादेखि नै स्वास्थ्य संस्थामा पहुँच नपुग्नु पोषिलो खाना नपाउँदा यस्तो समस्या आएको डुडुवामा कार्यरत वरिष्ठ अनमी सीमा घर्तिमगर खानले बताउनुभयो ।

घरमै उपलब्ध हुने पोषिलो खाना नखाएकै कारण शारीरिक वृद्धि विकास हुन नसकेको नरैनापुरका स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले बताउनु भयो । उहाँले भन्नुभयो, नरैनापुरमा २०७९/८० मा २ सय ६ रहेका थिए भने गत आव मा २ सय ९७ पुगेको बताउँदै उहाँले भन्नुभयो, विकट क्षेत्रका बालबालिकामा कुपोषण हुनु गरिबी सँगै चेतनाको कमी नै मुख्य कारण देखिएको छ ।

संयोजक शाहले भन्नुभयो,‘अभिभावकहरू बिहानदेखि अबेर रातीसम्म खेतबारीमा काम गर्न जाने गर्छन्,’ ‘बालबालिकालाई रोटी र बासी भात राखेर घरमै छोड्नुपर्ने बाध्यताका कारण पोषिलो खाना खान नपाएकोले बच्चाहरू कुपोषित भइरहेको जिकिर गर्नु भयो ।

पोषणबारे चेतनाकै कमी कै कारण स्थानीयको बानी व्यवहारमा सुधार आउन सकेको छैन । स्थानीयस्तरमा उपलब्ध गेडागुडी, साग तरकारी मिसाएर खुवाउन सिकाए पनि व्यवहारमा थोरैले मात्र उतार्ने गरेका वरिष्ठ अनमी सीमा घर्तिमगर खानले बताउनु भयो । उहाँले भन्नुभयो,“पोषणको बारेमा जानकारी पाएकाहरूले नै व्यवहार परिवर्तन गर्न सकेका छैनन् ।”

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देव नारायण उपाध्यायका अनुसार राप्ती सोनारीमा १ सय १५, कोहलपुरमा ५१, बैजनाथमा १ सय ४, खजुरामा १ सय २, जानकीमा, ३ सय ९९, नेपालगन्जमा १ सय ४१, डुडुवामा १ सय १ र नरैनापुरमा २ सय ७९ जना बालबालिकामा कुपोषण पुष्टि भएको जानकारी दिनु भयो ।

भौगोलिक रूपमा विकट अधिकांश क्षेत्रमा खान नपुग्ने र खान पुगे पनि खाना खाने बानीमा सुधार नआएसम्म बालबालिकामा लाग्ने कुपोषणले जरा गाडेको डुडुवाका स्वास्थ्य संयोजक हेमन्त शर्माले ग्रामीण क्षेत्रमा खाना पोषिलोभन्दा पनि छाक टार्नका लागि खाने गरेका छन् । जस कारण बालबालिकालाई कुपोषण हुने गर्दछन् । डुडुवाले बालबालिकालाई कुपोषण र शीघ्र कुपोषणबाट बचाउनका लागि विशेष कार्यक्रम लागु गरेकोले आउने दिनहरूमा केही हद सम्म सुधार ल्याउन मद्दत पुग्ने बताउनु भयो । गाउँपालिकाकाले पोषणमैत्री अभियान सञ्चालन गरी कुपोषणमा कमी ल्याउने काम सुरु गर्न लागेको संयोजक शर्माको भनाई थियो ।

वरिष्ठ बालरोग विशेषज्ञ डा सकिल अहमदले गरिबी निवारण नगरी कुपोषण निको नहुने बताउनु भयो । ‘कम उमेरका आमाबाट जन्मेका बच्चा एकदेखि दुई किलो तौलका मात्र हुन्छन् । आमाले बच्चालाई समयमा स्तनपान गर्न नसक्दा पनि कुपोषणले ठूलो रूप लिएको छ,’ उहाँको भनाई थियो ।

सरकारले विभिन्न नीति तथा कार्यक्रम बनाए पनि ती कार्यक्रम प्रभावकारी नहुँदा लक्षित वर्गसम्म कार्यक्रम अझै पुग्न सकेको छैन । विभिन्न गैरसकारकारी संस्थाहरू ग्रामीण क्षेत्रको नाम देखाएर सदरमुकाम केन्द्रित भएर काम गरी रहेकोले पनि सुधारात्मक परिणाम ल्याउन नसकेको स्वास्थ्य कार्यालय बाँकेको निष्कर्ष रहेको छ ।

मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.