• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

कुपोषणको समस्यामा बाँकेका बालबालिका

  •  मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित

बाँके । बालबालिकाको कुपोषण सुधारको लागि स्वास्थ्य कार्यालय लगायत स्थानीय तहले धेरै कार्यक्रम ल्याएका छन् । बर्सेनी ठूलो धनराशी कुपोषण सुधारको क्षेत्रमा खर्च गरिए पनि बालबालिकाको कुपोषण दर भने घट्न सकेको छैन ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेको तथ्यांकअनुसार ०७८/०७९ मा १ हजार ५६ जना २ वर्षमुनिका बालबालिका कुपोषित थिए । आव ०७९/०८० मा १ हजार ४ सय १९ बच्चाहरूमा कुपोषण देखिएको थियो । ०८०/०८१ मा १ हजार ३ सय १० बालबालिकामा कुपोषण देखिएको तथ्याङ्क छ ।

संघीय संरचनापछि स्थानीय तहले नै कुपोषण घटाउन कार्यक्रम गरिरहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देव नारायण उपाध्यायले बताउनु भयो । उहाँले भन्नुभयो, अझै पनि पाखुराको जाँच लिने क्रममा कुपोषित बालबालिकाहरू भेटिरहेका छन् । स्थानीय तहहरूसँग मिलेर विभिन्न सङ्घसंस्थाले पनि पोषण सुधारको लागि काम गर्दै आएका छन् । पोषण सुधारको उपलब्धी भने शून्यप्रायः छ ।

ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित हुने गरेका छन् । पोषिलो खानेकुराको अभावमा कुपोषणग्रस्त हुने गरेका हुन् । समयमै पोषिलो खाना नपाएकै कारण अधिकांश बालबालिका कुपोषित छन् । स्थानीयस्तरमा चेतनाको कमी र गरिबीले जानकी गाउँपालिका,नरैनापुर गाउँपालिका सहित नेपालगन्ज उपमहानगरपालिका लगायत अधिकांश क्षेत्रमा कुपोषित बालबालिकाको सङ्ख्या बढी छ । गर्भवती हुने बेलादेखि नै स्वास्थ्य संस्थामा पहुँच नपुग्नु पोषिलो खाना नपाउँदा यस्तो समस्या आएको डुडुवामा कार्यरत वरिष्ठ अनमी सीमा घर्तिमगर खानले बताउनुभयो ।

घरमै उपलब्ध हुने पोषिलो खाना नखाएकै कारण शारीरिक वृद्धि विकास हुन नसकेको नरैनापुरका स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले बताउनु भयो । उहाँले भन्नुभयो, नरैनापुरमा २०७९/८० मा २ सय ६ रहेका थिए भने गत आव मा २ सय ९७ पुगेको बताउँदै उहाँले भन्नुभयो, विकट क्षेत्रका बालबालिकामा कुपोषण हुनु गरिबी सँगै चेतनाको कमी नै मुख्य कारण देखिएको छ ।

संयोजक शाहले भन्नुभयो,‘अभिभावकहरू बिहानदेखि अबेर रातीसम्म खेतबारीमा काम गर्न जाने गर्छन्,’ ‘बालबालिकालाई रोटी र बासी भात राखेर घरमै छोड्नुपर्ने बाध्यताका कारण पोषिलो खाना खान नपाएकोले बच्चाहरू कुपोषित भइरहेको जिकिर गर्नु भयो ।

पोषणबारे चेतनाकै कमी कै कारण स्थानीयको बानी व्यवहारमा सुधार आउन सकेको छैन । स्थानीयस्तरमा उपलब्ध गेडागुडी, साग तरकारी मिसाएर खुवाउन सिकाए पनि व्यवहारमा थोरैले मात्र उतार्ने गरेका वरिष्ठ अनमी सीमा घर्तिमगर खानले बताउनु भयो । उहाँले भन्नुभयो,“पोषणको बारेमा जानकारी पाएकाहरूले नै व्यवहार परिवर्तन गर्न सकेका छैनन् ।”

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देव नारायण उपाध्यायका अनुसार राप्ती सोनारीमा १ सय १५, कोहलपुरमा ५१, बैजनाथमा १ सय ४, खजुरामा १ सय २, जानकीमा, ३ सय ९९, नेपालगन्जमा १ सय ४१, डुडुवामा १ सय १ र नरैनापुरमा २ सय ७९ जना बालबालिकामा कुपोषण पुष्टि भएको जानकारी दिनु भयो ।

भौगोलिक रूपमा विकट अधिकांश क्षेत्रमा खान नपुग्ने र खान पुगे पनि खाना खाने बानीमा सुधार नआएसम्म बालबालिकामा लाग्ने कुपोषणले जरा गाडेको डुडुवाका स्वास्थ्य संयोजक हेमन्त शर्माले ग्रामीण क्षेत्रमा खाना पोषिलोभन्दा पनि छाक टार्नका लागि खाने गरेका छन् । जस कारण बालबालिकालाई कुपोषण हुने गर्दछन् । डुडुवाले बालबालिकालाई कुपोषण र शीघ्र कुपोषणबाट बचाउनका लागि विशेष कार्यक्रम लागु गरेकोले आउने दिनहरूमा केही हद सम्म सुधार ल्याउन मद्दत पुग्ने बताउनु भयो । गाउँपालिकाकाले पोषणमैत्री अभियान सञ्चालन गरी कुपोषणमा कमी ल्याउने काम सुरु गर्न लागेको संयोजक शर्माको भनाई थियो ।

वरिष्ठ बालरोग विशेषज्ञ डा सकिल अहमदले गरिबी निवारण नगरी कुपोषण निको नहुने बताउनु भयो । ‘कम उमेरका आमाबाट जन्मेका बच्चा एकदेखि दुई किलो तौलका मात्र हुन्छन् । आमाले बच्चालाई समयमा स्तनपान गर्न नसक्दा पनि कुपोषणले ठूलो रूप लिएको छ,’ उहाँको भनाई थियो ।

सरकारले विभिन्न नीति तथा कार्यक्रम बनाए पनि ती कार्यक्रम प्रभावकारी नहुँदा लक्षित वर्गसम्म कार्यक्रम अझै पुग्न सकेको छैन । विभिन्न गैरसकारकारी संस्थाहरू ग्रामीण क्षेत्रको नाम देखाएर सदरमुकाम केन्द्रित भएर काम गरी रहेकोले पनि सुधारात्मक परिणाम ल्याउन नसकेको स्वास्थ्य कार्यालय बाँकेको निष्कर्ष रहेको छ ।

मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.