• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

बजेट अभाव हुँदा क्षिरेश्वरनाथ सर्पदंश उपचार केन्द्र समस्यामा

  •  बुधबार, साउन २३, २०८१ मा प्रकाशित

गोदार (धनुषा) । गत असार १५ गते साँझ ७ बजेतिर बटेश्वर गाउँपालिका–४ प्रेमपुरका ५७ वर्षीया दाईजीदेवी दासलाई सर्पले टोक्यो । उपचारको लागि सबैभन्दा नजिकमा क्षिरेश्वरनाथ सर्पदंश उपचार केन्द्र थियो । त्यसैले उहाँलाई हतारहतार त्यत्तै लगियो तर त्यहाँ विद्युत्को लाइन गएको र वैकल्पिक उपाय नभएकाले उपचार सम्भव नभएको जनाउँदै चिकित्सकले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रेफर गरे । दासले अस्पताल नपुर्‍याउँदै क्षिरेश्वरनाथ नगरपालिका–४ हरैया नजिक प्राण त्याग्नुभयो ।

दासका परिवारलाई अर्को अस्पतालमा लगेको भए ज्यान जोगिन्थ्यो कि भनेर अहिले पछुतो लागि रहेको छ । “नजिकै त्यही अस्पताल थियो, त्यसैमा सर्पदंश उपचार केन्द्र भनेपछि अरू ठाउँभन्दा त्यही लग्दा ज्यान बचाउन सजिलो होला भनेको तर त्यही हाम्रो भूल भएछ”, मृतकका भाई वीरेन्द्रकुमार दास भन्नुहुन्छ, “सायद यस्तै हुनु रहेछ, त्यही बेला बत्ती जानु र हामीलाई दुःख पर्नु एकैपटक भयो । विद्युत्को अर्को विकल्प भएको भए यस्तो हुँदैन थियो कि !”

हाल तराई मधेसमा अत्यधिक, वर्षा तथा डुबानसँगै सर्पदंशको समस्या छ । त्यसैले हाल धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा उपचारका लागि आउनेको सङ्ख्या बढ्दो छ तर यहाँ उपचारका लागि अत्यावश्यक मानिएको एन्टिस्नेक भेनम र महत्वपूर्ण औषधिको अभाव छ ।

उपचार केन्द्रका सञ्चालक समितिका अध्यक्ष राजकिशोर राउतले बजेटको अभावले औषधिका साथै दैनिक कार्य सञ्चालनका लागि आवश्यक पर्ने बिजुली बत्तीको महसुल, कर्मचारीको तलब र प्राविधिकको खाजा खर्च व्यवस्थापन नहुँदा समस्या भएको बताउनुभयो । बजेट अभावमा यहाँबाट प्रवाह हुने निःशुल्क उपचार सेवा बन्द हुने अवस्थामा पुगेको र सर्पदंशका बिरामीलाई उपचार गर्न समस्या भएको उहाँको गुनासो छ ।

विसं २०७७ मङ्सिर २६ गतेदेखि सञ्चालनमा आएको २२ शय्याको यस अस्पतालबाट हालसम्म नौ सय ४१ जनाले निःशुल्क उपचार गराइसकेको छन् । उपचार केन्द्रका प्रशासन प्रमुख वसन्त यादवले साउन महिनामा मात्रै ३६ जनाको उपचार गरिएको बताउनुभयो ।

क्षिरेश्वरनाथ नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ( युएनडिपी) को सहयोगमा रु दुई करोड बढीको लागतमा अस्पताल निर्माण भए पनि हाल सहयोग प्राप्त अस्पताल सञ्चालनमा कठिनाइ भएको सञ्चालक समिति अध्यक्ष राउतको भनाइ छ । अस्पतालमा स्रोत व्यवस्थापनका लागि सञ्चालक समिति, स्थानीय राजनीतिक दल र नेपाली सेनाबीच नौ बुँदै सहमति भए पनि सोअनुसार कार्य अगाडि नबढ्दा समस्या भएको उहाँले बताउनुभयो ।

सहमतिमा नेपाली सेनाका प्राविधिकको प्रतिवेदनअनुसार स्थानीय निकाय र व्यवस्थापन समितिले बजेटको स्रोेत जुटाउने र अस्पताल व्यवस्थापन गर्ने सहमति भएकामा स्थानीय निकायले बजेट नदिँदा अस्पताल बन्द गर्ने अवस्थामा पुगेको छ ।

अस्पतालमा नेपाली सेनाले निःशुल्क रूपमा प्राविधिक सहयोग गर्दै आएका छन् तर सेनाका प्राविधिकलाई दिइनुपर्ने खाजा र सरसफाइवापतको खर्च पनि उपलब्ध गराउन नसकिएको केन्द्रले जनाइएको छ ।

आर्थिक अभाव भएकाले आवश्यक सहयोग गरिदिन भनि क्षिरेश्वरनाथ नगरपालिका कार्यपालिका बैठकमा प्रस्ताव आए पनि थप कार्य अगाडि नबढेको कार्यपालिका सदस्य दीपक साहले बताउनुभयो । उहाँले भन्नुभयो, “एकपटक त बजेट दिने निर्णय नै भएको थियो तर थप सहयोगका लागि उहाँहरूबाट प्रस्ताव आए पनि आर्थिकको अन्तिमतिर भएकाले बजेट दिन सकिएन ।”

सञ्चालक समिति अध्यक्ष राउत बजेट व्यवस्थापन नहुँदा विगत एक वर्षभन्दा बढी समयदेखि बिजुलीवापतको रकम तिर्न नसकिएको बताउनुहुन्छ । “यहाँ निम्न वर्गका बिरामी उपचारका लागि आउँछन् तर औषधि, एन्टिस्नेक भेनम, जेनेरेटर तथा उपचारका लागि आवश्यक अन्य सामग्रीको अभावमा उपचार गर्न कठिनाइ छ”, उहाँले भन्नुभयो, “पटकपटक स्थानीय तहका प्रमुख, प्रदेशका मुख्यमन्त्री, स्वास्थ्यमन्त्रीलगायतलाई सहयोगका लागि गुहारिसकेका छौँ तर सुनुवाइ भएको छैन् । खरिद भएको मेसिन पनि मर्मत गर्न नसक्दा थप बिग्रिन थालेका छन् ।”

गत आर्थिक वर्षमा लक्ष्मीनियाँ गाउँपालिका र बटेश्वर गाउँपालिकाबाट रु दुई÷दुई लाख र स्वास्थ्य आपूर्ति केन्द्र, जनकपुरधामबाट केही औषधि सहयोग पाएपछि सेवा सञ्चालनमा रहे पनि चालु आर्थिक वर्षमा स्रोत नजुटेपछि थप समस्या भएको छ । यस अस्पतालबाट धनुषाका मिथिला, धनुषाधाम नगरपालिका, लक्ष्मीनिया र बटेश्वर गाउँपालिका तथा महोत्तरीको भङ्गहा नगरपालिकालगायत क्षेत्रका बिरामीले सेवा लिने गरेका छन् । रासस

बुधबार, साउन २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.