• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

कर्णालीमा क्षयरोगको दर घट्दो अवस्थामा

  •  बुधबार, चैत ०९, २०७८ मा प्रकाशित

कर्णाली । कर्णाली प्रदेशमा क्षयरोगको दर घट्दो अवस्थामा रहेको देखिएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले आज पत्रकार सम्मेलनमार्फत उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

स्वास्थ्य सेवा निर्देशनालयका क्षय/कुष्ठरोग अधिृकत पदमबहादुर केसीले प्रस्तुत गर्नुभएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ मा एक हजार ६३२, २०७५/७६ एक हजार ३७४, २०७६/७७ मा एक हजार २३६, २०७७/७८ मा एक हजार १९३ र चालु आव २०७८/७९ को छ महिनामा ७३९ जना क्षयरोगका बिरामी भेटिएका छन् । अधिकृत केसीले चालु आर्थिमा वर्षको छ महिनामा सबैभन्दा कम हुम्लामा चार र सबैभन्दा बढी सुर्खेतमा २८१ क्षयरोगी भेटिएका छन् ।

त्यस्तै, मुगुमा १८ डोल्पामा २९, कालीकोटमा ४१ जुम्लामा ४३, जाजरकोटमा ५५, दैलेखमा ७९, रुकुमपश्चिममा ८० र सल्यानमा १०९ क्षयरोगी भेटिएको सार्वजनिक तथ्याङ्मा उल्लेख गरिएको छ । ‘विश्व क्षयरोग दिवस, २०२२’ को अवसरमा सार्वजनिक गरिएको तथ्याङ्कमा केही कुरा आए पनि धेरै ‘केस’ पत्ता लाग्न नसकेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो ।

“कोभिडले भन्दा हरेक वर्ष नेपालमा क्षयरोगले १७ हजार मान्छे मरिरहेका छन्”, निर्देशक डा खड्काले भन्नुभयो, “यसमा सबैका साझा प्रयास र सहयोग आवश्यक छ ।” त्यसैले ‘विश्व क्षयरोग दिवस, २०२२’ को नारा पनि ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने राखिएको उहाँले बताउनुभयो ।

क्षयरोग रौँ र नङबाहेक मानिसको सबै अङ्गमा हुनसक्ने भन्दै उहाँले यसका लागि सचेत हुन सबैमा अनुरोध गर्नुभयो । निर्देशक डा खड्काका अनुसार सङ्घीयता पूर्व जिल्लामा क्षयकुष्ठ रोग हर्ने विशिष्टिकृत डाक्टर भए पनि पालिकास्तरमा त्यसको सही व्यवस्थापन हुन सकेको छैन ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले छ दशकदेखि क्षयरोगको क्षेत्रमा काम हुँदै आएको बताउनुभयो । “हामीले यो बीचमा पोलियो, औलो उन्मूलन गरिसक्यौँ”, उहाँले भन्नुभयो, “हात्ती पाइले रोगको भने निवारणोन्मुख अवस्थामा छौँ ।” तत्कालीन समयमा क्षयकुष्ठ रोग निदान तथा उपचारका क्षेत्रमा आइएनएफ नेपालको योगदान रहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक शाहीले बताउनुभयो ।

उक्त कार्यक्रममा जीन एक्सपर्ट केन्द्रमा क्षयरोग परीक्षणको दर हुनुका साथै हिमाली जिल्ला हुम्ला र डोल्पामा जीन एक्सपर्ट केन्द्र विस्तार हुन बाँकी रहेको जनाइएको छ । त्यसको कारण मेसिन महँगो हुने भएकाले कर्णालीका सबै जिल्लामा विस्तार हुन नसकेको स्वास्थ्य सेवा निर्देशनालयले बताएको छ ।

बुधबार, चैत ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.