• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका मुद्दा स्थापित हुन सकेका छैनन्’

  •  बिहिबार, साउन २४, २०८१ मा प्रकाशित

काठमाडौँ । निलहिरा समाज नेपालकी अध्यक्ष पिङ्की गुरुङले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्दाहरु स्थापित हुन नसकेको धारणा व्यक्त गर्नुभएको छ ।

निलहिरा समाजले आज आयोजना गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्दामा मिडिया संवेदनशीलता’ कार्यशालामा गुरुङले भन्नुभयो, “हाम्रा मुद्दाहरु अझै पनि स्थापित हुन सकेका छैनन् र मूलधारमा आउन सकेका छैनन् । मिडियाले गर्दा नै हाम्रा माग मुद्दाहरुको उठानमा सहयोग पुगे पनि थप मुद्दाहरुको उठान होस् भन्ने हाम्रो चाहना हो ।”

उहाँले यी समुदायलाई सरकारले अधिकार दिन कन्जुस्याइँ गरेको हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो । “जबसम्म हाम्रा समस्या नीतिगत रुपमा सम्बोधन हुँदैन तबसम्म यी कुराहरु मुलधारमा आउन सक्दैनन् । यो समुदायविरुद्ध हाल विश्वमा नै केही लिङ्गविरोधी आन्दोलन भइरहेको देखिन्छ जुन चुनौतीको विषय हो यसले गर्दा हाम्रो अभियान नै बिथोलिने खतरा छ ।” उहाँले लैङ्गिकताको निर्धारण जैविक विविधताले नभइ आत्मानुभूतिले हुने कुरा बुझ्नुपर्ने बताउनुभयो । यस समुदायका बारेमा र विद्यालयस्तरदेखि नै जनचेतना फैलाउनुपर्ने उहाँको भनाइ छ ।

निलहिरा समाजका अनुगमन तथा मूल्याङकन अधिकृत टीकाराम भुसालले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायबारे चर्चा पार्नुभयो । उहाँले यो समुदाय नागरिकता लिनका लागि सकसलगायत आधारभूत मानवअधिकारबाट बञ्चित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वैवाहिक समानता नहुँदा यी समुदायका व्यक्तिहरु विदेश पलायन हुन बाध्य छन् । सार्वजनिक स्थानहरुमा घृणा त छँदैछ लैङ्गिकमैत्री शौचालयको अभाव छ । शैक्षिक पाठ्यक्रम तथा शैक्षिक तालिम निर्देशनमा यौन अभिमुखिकरण, लैंगिक पहिचानको विषयवस्तुको पनि अभाव छ ।”

उहाँले रोजगारीको हक पनि प्राप्त हुन नसकेको बताउनुभयो । “सबैभन्दा ठूलो स्वीकार्यता हो जससम्म यो समुदायलाई स्वीकारिँदैन तबसम्म गाह्रो छ । यो समुदाय सकरात्मक विभेदबाट पनि बञ्चित छ । हामीलाई आरक्षणको सुविधा छैन । काम गर्ने वातावरणमा पनि उत्तिकै विभेद र लाञ्छना भोग्न बाध्य छन् ।”

राष्ट्रिय जनगणना २०७८ अनुसार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्ख्या दुई हजार नौ सय २८ छ । जुन कुल जनसङ्ख्याको शून्य दशमलव ०१ प्रतिशत हो । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अभियान्ताले भने यो सङ्ख्या अझ बढी भएको दाबी गर्दै आएका छन् । रासस

बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.