• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

काठमाडौंमा एन्टीमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) सम्बन्धी मिडिया वर्कशप

  •  बिहिबार, साउन २४, २०८१ मा प्रकाशित

काठमाडौं । एन्टीमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) सम्बन्धी साउथ एशिया रिजनल मिडिया वर्कशप काठमाडौंमा सम्पन्न भएको छ । हेल्थ टिभी अनलाइनको मुख्य आयोजना तथा ग्लोबल एएमआर मिडिया अलायन्स (गामा), सीएनएस, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल हेल्थ रिसर्च काउन्सिल, हेल्थ आवाज लगायतको सह आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
भर्चुअल र इन पर्सन गरी हाइब्रिड मोडमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल रहनु भएको थियो । सो अवसरमा बोल्दै डा.पोख्ररेलले एएमआर अहिलेको प्रमुख जनस्वास्थ्य समस्या मध्ये एक रहेकोले यसकाबारेमा सबै सरोकारवालाहरुको ध्यान जान जरुरी भइसकेको बताउनु भयो । उहांँले यो जल्दोबल्दो समस्याकाबारेमा मिडिया पनि सचेत भई सही सूचना सम्प्रेषण गरेमा केही हदसम्म एएमआरको समस्या कम गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता मिश्राले एन्टीबायोटिकको जथाभावी प्रयोगबाट हुने हानीकाबारेमा मिडियाले अझ बढी कलम चलाउनुपर्ने बताउनुु भयो । उहांँले मिडियाले नागरिक र एन्टीबायोटिक प्रेस्क्राइब गर्ने चिकित्सकलाई पनि प्रश्न गर्र्नु पर्नेमा जोड दिनुभयो ।
यस्तै सीएनएस इन्डियाकी म्यानेजिङ एडिटर तथा ग्लोबल एएमआर मिडिया अलायन्सकी चेअरपर्सन शोभा शुक्लाले एन्टीबायोटिकको जथाभावी प्रयोगले निको हुने रोगहरु पनि समय लाग्ने र जटिल हुँदै गएको बताउँदै यसकाबारेमा घनिभुत छलफल गर्न आवश्यक भइसकेको धारणा राख्नुभयो ।
कार्यक्रममा हेल्थ टिभी अनलाइनकी सम्पादक तथा साउथ एशिया रिजनल मिडिया वर्कशप टु प्रिभेन्ट एएमआरकी अर्गनाइजिङ चेअरपर्सन कल्पना आचार्यले एन्टीबायोटिकको जथाभावी प्रयोगकाबारेमा समाचार, लेख मिडियामा कम आउने गरेको र मिडियालाई पनि प्राविधिक विषयमा कम ज्ञान भएको बताउनु भयो र्। ै उहांँले एएमआरकाबारेमा सरकारले प्राथमिकताकासाथ संचारकर्मीमाझ छलफल र अन्तरक्रिया चलाउन पर्नेमा जोड दिनुभयो । कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालका प्रमुखले एन्टीमाइक्रोबियल अहिले १० जनस्वास्थ्य थ्रेटमध्ये एक रहेको भन्दै यसमा सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा सम्झना काफ्ले, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा प्रमोद जोशी, एपोनका अध्यक्ष महेश प्रधान, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिवद्धय डा टंक बाराकोटी, विकास देवकोटा,कृषि तथा पशुपंक्षी विभागका महानिर्देशक डा उमेश दाहाल, फार्मेसी काउन्सिलका अध्यक्ष प्रज्ववल जंग पाण्डे, अनुसन्धानकर्ता डा समीर मणी दिक्षित, लगायतले एएमआरका बिषयमा आ–आफ्ना धारणा राख्नु भएको थियो ।

कार्यक्रममा एन्टीमाक्रोबियल सम्बन्धी जोडिएका विविध विषयमा विज्ञहरुद्धारा प्रस्तुतीकरण समेत रहेको थियो भने एएमआरलाई कम गर्न मिडियाको कस्तो भूमिका हुनसक्छ भन्ने विषयमा संचारकर्मीमाझ छुट्टै प्यानल छलफल समेत भएको थियो ।

बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.