• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ११ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ११ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ११ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

मार्च २४ विश्व क्षयरोग दिवस : लागूपदार्थको दुर्व्यसनले क्षयरोगको विश्वव्यापी महामारी

  •  बिहिबार, चैत १०, २०७८ मा प्रकाशित

पेरिस।विश्वकै सबैभन्दा घातक सङ्क्रामक रोगका रूपमा कोभिड–१९ ले क्षयरोग (टिबी) लाई उछिनेको हुन सक्छ । तर, विश्वव्यापी रूपमा क्षयरोगको भयानक महामारी ल्याउन खोप र एन्टिबायोटिकको अवहेलना कारण भएको बताइएको छ ।

आनुवंशिक अध्ययनअनुसार लगभग ४० हजार वर्षअघि पहिलो पटक क्षयरोग देखा परेको थियो । ढुङ्गे युगको अन्त्य ‘निओलिथिक युग’ देखि लामो समयसम्म पशुपालनबाट यो रोग सर्ने गरेको वैज्ञानिकहरुले विश्वास गरेका थिए ।

तर हालैका अध्ययनहरूले भने अर्कै चित्र प्रस्तुत गरेको छ । यसले देखाएअनुसार मानिसहरूले गाईबस्तु पाल्ने अभ्यास पहिले नै क्षयरोग भइसकेको थियो । करिब एघार हजार वर्ष पुरानो मानव अवशेषमा यस रोगका निशानहरू पत्ता लागेका छन् ।

पहिलो खोप १०० बर्ष पहिले आविष्कार

विश्व क्षयरोग दिवस हरेक वर्ष मार्च २४ मा मनाइन्छ । जर्मनीका नोबेल पुरस्कार विजेता रोबर्ट कोचले सन् १८८२ मा बेसिलस पत्ता लगाउएको घोषणा गरेका थिए । तथापि, सन् १९२१ मा मात्र फ्रान्सको प्रख्यात पाश्चर इन्स्टिच्युटले बेसिलस कालेट–गेरिन (बीसिजी) खोप विकास ग¥यो र यो विश्वकै सबैभन्दा पुरानो र भरोसायोग्य खोहरूमध्ये एक भयो ।

एक शताब्दीपछि पनि यो खोप प्रयोगमा छ र यो विशेष गरी बालबालिकामा क्षयरोग रोक्न प्रभावकारी हुन्छ तर वयस्कहरूमा यसको परिणाम परिवर्तनशील हुन्छ ।

एन्टिबायोटिक धेरै प्रभावकारी नहुने

सन् १९४० र १९५० मा ‘स्ट्रेप्टोमाइसिन’ र अन्य ‘एन्टिबायोटिक’को आविष्कारले गर्दा ‘पल्मोनरी टिबी’को उपचार सम्भव भयो । यो वयस्क तथा किशोरावस्थामा सबैभन्दा सामान्य प्रकारको रोग हो ।तर औषधीप्रतिरोधी क्षयरोग देखा पर्न थाल्यो रडाक्टरहरूले ब्याक्टेरियालाई प्रभावकारी ढङ्गमा जम्न र केही महिनासम्म आफ्नो उपचार लागू गर्न मिसाइएको एन्टिबायोटिक प्रयोग गर्न बाध्य भए ।

कुनै–कुनै कीटाणुहरू थुप्रै टिबी औषधीहरूप्रति प्रतिरोधी हुन्छन्, जसले गर्दा धेरै महिनासम्म वैकल्पिक उपचारको प्रयोग गर्न बाध्य हुनुका साथै कुनै–कुनै अवस्थामा उपचारात्मक असफलताहरू हुन सक्छन् ।

दोस्रो धेरै मृत्युको कारण

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार तथ्याङ्क उपलब्ध भएको पछिल्लो वर्ष सन् २०२० मा कोभिड–१९पछि क्षयरोग विश्वकै दोस्रो घातक सङ्क्रामक रोग हो । आधिकारिक तथ्याङ्कमा आधारित एएफपी गणनाअनुसार कोभिडले सन् २०२० सम्ममा १८ लाखभन्दा बढी मानिसको ज्यान लिएको थियो । यद्यपि विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले यो सङ्ख्या १५ लाख देखाएको छ ।

युएनएड्सले बताएअनुसार सन् २०२० मा छ लाख ८० हजार मानिसको ज्यान लिएको एच आई भी÷एड्सभन्दा बढी मानिसको ज्यान लिएर मृत्युका हिसाबले कोभिड विश्वकै प्रमुख घातक रोग भएको हो ।

एचआईभीबाट सङ्क्रमित मानिसहरूको मृत्युको प्रमुख कारण पनि क्षयरोग हो ।कोभिड महामारीले गर्दा स्वास्थ्य सेवामा अवरोध खडा हुँदा निको हुन सकिने रोगसित जुझ्न वर्षौँको प्रगतिलाई कमजोर बनाइदिएको छ । फलस्वरूप, विश्वभरि फेरि क्षयरोग बढिरहेको छ र सन् २०२० मा मर्नेहरूको सङ्ख्या सात प्रतिशतले वृद्धि भएको छ ।

विश्वका यी पाँचै महादेशमा टिबी छ तर विकासोन्मुख मुलुकहरू अत्यन्तै प्रभावित छन् । सन् २०२० मा विश्वका दुई वटा क्षेत्रमा क्षयरोगीका सबैभन्दा धेरै नयाँ घटनाहरू भेटिएका छन् ।

दक्षिण पूर्वी एसियाले ४३ प्रतिशत नयाँ घटनाहरू र अफ्रिकाले २५ प्रतिशत रेकर्ड गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सङ्गठनको तथ्याङ्क अनुसार सङ्क्रमणको दुई तिहाइ भाग बङ्गलादेश, चीन, भारत, इण्डोनेसिया, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र दक्षिण अफ्रिका गरी आठ देशहरूमा केन्द्रित थियो । (अनुवाद : दिलीप शर्मा)

बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.