काठमाडौं । नेपाल अर्थोपेडिक एशोसियसन फुट एण्ड एन्कल उपसमिति गठन भएको छ । उक्त उपसमितिको अध्यक्षमा डा. दमन कुमार झा चयन हुनु भएको छ । उपसमितिको प्याट्रोनहरुमा प्रोफेसर डा. शिशिर लाखे , प्रोफेसर डाक्टर दिपक महरा , प्रोफेसर डाक्टर मनदीप धिल्लों र डा.राजीव शाह चयन हुनुभएको छ । यस्तै साइन्टिफिक कमिटी चेयरमेनमा प्रोफेसर डाक्टर दिनेश श्रेष्ठ , मेम्बरमा डा.मनोज दास, डा.सागर पन्थी र डा.नवराज आचार्य चयन हुनुभएको छ। त्यस्तै भाइस चेयरमेनमा डा.प्रफुल्ल श्रेष्ठ, जनरल सेक्रेटरीमा डा.प्रभाव पोख्रेल, जनरल जोइन्ट सेक्रेटरीमा डा.ओमप्रकाश चौधरी , कोषाध्यक्षमा डा. सार्थक नेपाल सह कोषाध्यक्षमा डा.दिपेश कायस्थ चयन हुनुभएको हो ।
यस्तै उपसमितिको सदस्यहरुमा डा. किरण गुरुङ्ग, डा. तोयराज भट्ट र डा. योगेन्द्र गुप्ता चयन हुनु भएको छ । उपसमितिले सातै प्रदेशमा प्रतिनिधि समेत चयन गरेको छ । कोशी प्रदेशमा डा.रुपेश जंग बेलबासे, मधेश प्रदेशमा डा.सन्जित कुमार झा, बाग्मती प्रदेशमा डा. प्रितम चौधरी, गण्डकी प्रदेशमा डा.यदुनाथ बराल, लुम्बिनी प्रदेशमा डा.मन्दिर खत्री, कर्णाली प्रदेशमा डा. रुपक कंडेल र सुदुरपश्चिममा डा. रितेश पोख्रेल रहनु भएको छ ।
