पोखरा । नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन (पिन) पोखराको पाँचौ इकाई अधिबेशन सम्पन्न भएको छ । पोखरामा शनिबार सम्पन्न संस्थाको अधिबेशनले निरोज खतिवडाको नेतृत्वमा सर्बसम्मत रुपमा कार्यसमिति चयन गरेको हो ।
(पिन) पोखराको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शेषकान्त ढुंगाना,सचिब हिमाल पौडेल,सह– सचिबमा राजन बाबू ढुंगाना,कोषाध्यक्षमा बिनाय श्रेष्ठ,सह – कोषाध्यक्षमा उत्तम सुबेदी चयन हुनुभयको छ । साथै सदस्यहरुमा महेश सुवेदी,दिपेश शाही,टिकाराम कार्की,रोहनराज श्रेष्ठ,रेशम बिष्ट चयन हुनुभएको हो । यसैबीच अधिबेशन कै दिन कार्यसमितिको पहिलो बैठक बसी पुर्ब अध्यक्षहरु प्रमोद ढकाल र दशरथ पाण्डेलाई संस्थाको सल्लाहकारमा नियुक्त गरिएको छ ।
सन्तोषकुमार श्रेष्ठको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल चिकित्सक संघ,कास्कीका उपाध्यक्ष डा.कृष्ण चन्द्र रिजाल र विशिष्ट अतिथि(पिन)केन्द्रीय अध्यक्ष गान्धी प्रसाद शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
