विनिता श्रेष्ठ ,काठमाडौं । नेपाल स्वास्थ्य प्राविधिक संघको दसौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा वसन्त श्रेष्ठ निर्वाचित भएका छन् ।
चैत ७-८ सम्म काठमाडौंमा चलेको महाधिवेशनबाट अध्यक्षमा वश्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा शोभा गौतम, उपाध्यक्षमा माइकल देवकोटा, महासचिवमा श्यामकुमार ओली, उपमहासचिवमा गोमा घिमिरे र सचिवमा रेवती थापा गरी ७५ सदस्यीय समिति चयन भएको छ ।