• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ११ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

उपचार गरे निको हुन्छ क्षयरोग’

  •  शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित

बलेवा । बागलुङ बजारमै बस्ने अन्दाजी १६÷१७ वर्षका एक युवा यहीँको एक विद्यालयमा पढ्छन् । उनी क्षयरोगका बिरामी हुन् । लक्षण देखिएपछि उनको परिवारले उपचारको खोजी ग¥यो । नजिकैमा रहेको धौलागिरि अस्पतालमा क्षयरोगका बिरामीको लागि प्रत्यक्ष निगरानीमा निःशुल्क उपचार गर्ने व्यवस्था छ । तर, ती युवा नेपाल सरकारले उपलव्ध गराएको निःशुल्क उपचार र औषधि छोडेर निजी स्वास्थ्य संस्थाबाट सेवन गर्दै आएका छन् । हाल उनको उपचार पोखराको एउटा निजी अस्पतालमा भइरहेको छ । ६ महिना नियमित खाने औषधि उनले सरकारी स्वास्थ्य संस्थाभन्दा बाहिरबाट लिन्छन् र आफ्नै तरिकाले अस्पताल आउजाउ गर्छन् ।

उनीजस्तै बजारका अरु पनि क्षयरोगको उपचारका लागि जिल्ला बाहिरका निजी अस्पतालमा पुग्ने गरेका छन् । क्षयरोगको सङ्क्रमणपछि जिल्ला बाहिर बिरामीले उपचार गर्दैछन् भन्ने तथ्याङ्क भने यहाँका सरकारी निकायसँग छैन । सदरमुकाममा रहेको सरकारी अस्पताल र गाउँ गाउँमा रहेका स्वास्थ्य संस्थामा उपचार सेवा हुँदाहुँदै बाहिरी जिल्लामा बिरामी उपचारका लागि पुग्नुको मुख्य कारण सामाजिक बहिस्करण, लान्छाना र दुव्र्यवहार हो ।

“बिरामीमा लक्षण हुन्छ, क्षयरोग लागेको पत्ता पनि लाग्छ तर नियमित औषधिसेवन गर्दा, रोग लागेको थाहा लाग्दा समाजले गर्ने व्यवहारका कारण उनीहरु रोग गोप्य राख्छन्”, बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल भन्नुहुन्छ, “कम उमेरका युवायुवती र सम्पन्न परिवारका वयस्क पनि उपचारका लागि अन्यत्र जाने गरेका छन् ।”

क्षयरोगको सङ्क्रमणपछि निजी अस्पताल तथा स्वास्थ्य संस्थामा भए पनि उपचार गराउनेभन्दा रोगको पहिचान र उपचारमा सहभागी हुँदा सामाजिक लान्छना आउँछ कि भनेर तर्सिनेका कारण बागलुङमा क्षयरोग फैलिएको उहाँको अनुभव छ । उहाँले समाजलाई सचेत बनाउने र क्षयरोगका लक्षण देखिएकालाई उपचारमा ल्याउने वातवरण बनाउनुपर्ने बताउनुभयो । “गाउँभन्दा सहरमा रोग लुकाउने समस्या बढी छ, यो क्षयरोग नियन्त्रणमा चुनौती बनेको छ”, स्वास्थ्य शाखाका उपप्रमुख डिल्ली आचार्यले भन्नुभयो, “एउटा सङ्क्रमितले दश जनालाई रोग सार्न सक्छ, हामी सचेत बनौँ, क्षयरोगीको सामाजिक दुव्र्यवहार होइन उपचार गरौँ ।”

बागलुङ नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि सदरमुकाममा धौलागिरि अस्पतालको सेवा क्षेत्रबाहेकका दश वटा वडामा नै क्षयरोग जाँच गर्ने गरेको छ । बागलुङमा ९७ क्षयरोगी पत्ता लागेका छन् । गत वर्ष १६६ र त्योभन्दा अघिल्लो वर्ष १४६ क्षयरोगी भएको पत्ता लागेको तथ्याङ्क छ । अहिले औषधि प्रयोग गरिरहेकामध्ये सबैभन्दा धेरै बडिगाड गाउँपालिकाका ४७ बिरामी छन् । बागलुङ नगरपालिकामा क्षयरोगका नौ बिरामी रहेको तथ्याङ्क छ ।

क्षयरोग भएकाले रोग लुकाउने गरेका कारण नियन्त्रणमा समस्या भइरहेको बागलुङका क्षयरोग कुष्ठरोग निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो । क्षयरोग भएका व्यक्तिले दुईहप्ता लगातार औषधि प्रयोग गरेपछि अरुलाई सर्दैन भने ६ महिना निरन्तर औषधि सेवन गरे रोग निको हुन्छ ।

शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.