• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

आगामी चार वर्षभित्र ‘क्षयरोग मुक्त नेपाल’ घोषणा गरिने : स्वास्थ्यमन्त्री खतिवडा

  •  शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारले ‘क्षयरोग मुक्त नेपाल’ बनाउने नीतिलाई कार्यान्वयनमा ल्याउँदै आगामी चार वर्षभित्र देशभर यो अभियान चलाउने बताउनुभएकोे छ ।

‘विश्व क्षयरोग दिवस २०७८’ का अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरमा बिहीबार आयोजना गरिएको कार्यक्रममा उहाँले विश्व स्वास्थ्य सङ्गठनले लिएको क्षयरोग अन्त्यको रणनीति र संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय बैठकले त्यस रणनीतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै नेपाल सरकारले समेत त्यसमा थप प्रतिबद्धता जनाएको बताउनुभयो ।

मन्त्री खतिवडाले भन्नुभयो, “क्षयरोगमुक्त नेपाल घोषणा अभियान कार्यक्रमलाई क्रमशः विस्तार गर्दै आगामी चार वर्षभित्र ७५३ वटै स्थानीय तहमा कार्यान्वयनमा ल्याउनेछौँ, त्यसका लागि आवश्यक पर्ने थप नीति तथा कार्यक्रम तयार गरी कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रलाई आवश्यक निर्देशन तथा सहयोग गर्नेछ ।”

क्षयरोग निवारण कार्यक्रमलाई थप प्रभावकारी बनाई रोग निवारण गर्ने उद्देश्यले गुणस्तरीय क्षयरोग सेवामा वृद्धि गर्ने, बिरामी र तिनका परिवार एवं समुदायलाई सशक्तीकरण गर्ने काममा राष्ट्रिय क्षयरोग कार्यक्रमले जोड दिइरहेको उहाँको भनाइ छ । गरिब, अल्पविकसित र विकासशील राष्ट्रका लागि क्षयरोग जनस्वास्थ्यको एक प्रमुख समस्याका रूपमा हालसम्म पनि रहिरहेको भन्दै उहाँले सरकारले यस रोगलाई अन्त्य गर्न उच्च प्राथमिकतामा राखी एकीकृत स्वास्थ्य सेवाका माध्यमबाट समुदायस्तरसम्म विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा राज्यमन्त्री भवानीप्रसाद खापुङले रोग लुकाउने प्रवृत्तिले अझै पनि ४० लाखभन्दा बढी क्षयरोगी उपचारमा आउन नसकेकाले चुनौती बन्दै आएको क्षयरोग निवारणलाई सफल पार्न सबै निकायको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव देवकुमारी गुरागाईँले हराएको क्षयरोगी पत्ता लगाउने जिम्मेवारी सबैको भएको औँल्याउँदै निःशुल्क उपचार हुने रोगको पनि अरुले थाहा पाउँला कि भनेर रोग लुकाउने प्रवृत्तिले बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । त्यस अवसरमा केन्द्रका अध्यक्ष एवं मन्त्रालयका सचिव डा रोशन पोखरेलले क्षयरोग निवारणमा आएका चुनौती र सरकारी प्रयासका बारेमा चर्चा गर्नुभयो । केन्द्रका निर्देशक डा सञ्जयकुमार ठाकुरले क्षयरोगका वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभयो ।

शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.