भरतपुर । कान्तिपुर डेण्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर, भरतपुर शाखाको आयोजनामा १ दिने निशुल्क दन्त शिविर सम्पन्न भएको छ । भरतपुरस्थित ओम शान्ति एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुको दन्त परीक्षण गरिएको हो ।
आयोजित निशुल्क दन्त शिविरमा पुरुष २२० जना र महिला २२१ जना गरी जम्मा ४४१ जना विद्यार्थीहरुको मुख तथा दन्त रोग सम्बन्धी परीक्षण गरिएको थियो । शिविरमा दाँत चेकजाँच गर्दा २४६ जना विद्यार्थीमा दाँत किराले खाएको समस्या,४० जनामा दाँत हल्लिएको,१० जना विद्यार्थीहरुमा दाँत भाचिएर ठूटा भएका समस्याका विरामी देखा परेको दन्त रोग विशेषज्ञ डा.अस्मिता कार्कीले बताउनु भयो ।
शिविरमा सहभागी विद्यार्थीहरुलाई मुख र दन्त रोगको विषयमा सचेतना कार्यक्रम समेत संचालन गरिएको थियो । डा.अस्मिता कार्कीको नेतृत्वमा कान्तिपुर डेण्टल कलेजले आफ्नो भगिनी नवौं शाखाको रुपमा यही भदौ महिनादेखि भरतपुर एयरपोर्ट अगाडिबाट थपसेवा सुभारम्भ गरेको छ ।
( फोटोसहित )




