• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

खाद्य तथा पोषण सुरक्षाको कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता

  •  सोमबार, भदौ १७, २०८१ मा प्रकाशित

जनकपुरधाम । धनुषा तथा महोत्तरीका चार गाउँपालिकाका अतिविपन्न तथा सीमान्तकृत घर परिवारलाई लक्षित गरेर चालु आर्थिक वर्षदेखि लागु भएको खाद्य तथा पोषण सुरक्षाको कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा सरोकारवालाहरुले प्रतिबद्धता गरेका छन् ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लष्टर इकाई धनुषाले आज जनकपुरधाममा चारै पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा कृषि, पशु, दुग्ध क्षेत्रका वरिष्ठ विज्ञ तथा प्रमुखहरूको अगुवाइमा भएको अभिमुखीकरण कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरिएको हो ।
विश्व बैङ्क र विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको सहयोगमा नेपाल सरकारले सरकारले बाढी तथा जलवायु परिवर्तनका कारणले अति प्रभावित भएर खाद्य तथा पोषणका दृष्टिकोणले कमजोर बनेको धनुषाको जनकनन्दनी, बटेश्वर र महोत्तरीका सोनमा एवं सम्सी गाउँपालिकामा खाद्य तथा पोषण सुरक्षाको कार्यक्रम सञ्चालनमा आएको छ ।

मधेश प्रदेशका चार जिल्लाहरू धनुषा, महोत्तरी, सिरहा, सप्तरी र पहाडी जिल्लाको दोलखा, सिन्धुपाल्चोक, धादिङ र गोरखा जिल्लामा कार्यक्रम सञ्चालनमा रहेको छ । आयोजनाको कार्यक्षेत्र भएको धनुषा तथा महोत्तरी जिल्लाका चार पालिकामा कृषि, दुग्ध तथा मासुको उत्पादन बढाएर महिला तथा बालबालिकाको पोषण अवस्थामा सुधार गर्ने लक्ष्यसहित चालु आर्थिक वर्षदेखि आर्थिक वर्ष २०८३–२०८४ सम्म सञ्चालन हुने भएको छ ।

धनुषाका तथा महोत्तरीका चार पालिकामा चालु आर्थिक वर्षमा कृषि, पशुजन्य पदार्थको उत्पादन तथा उत्पादकत्व वृद्धि गरि खाद्य सुरक्षामा जोड दिने, जलवायु तथा पोषण मैत्री कृषि प्रविधिहरूको अनुसरण र प्रसारण गर्ने, साना कृषकहरूको आयआर्जन र विविधीकरण गरी बजारमा पहुँच बढाउने उद्देश्य आयोजनाले लिएको छ ।

सुनौलो हजार दिनका आमा तथा ६ देखि २४ महिनाको बच्चाहरूको पोषण अवस्थामा सुधार ल्याउने र कृषकहरूको क्षमता अभिवृद्धि गर्ने, उत्पादन समूह तथा सहकारीको संस्थागत विकास एवं सबलीकरण गर्ने उद्देश्य चार पालिकामा गठन भएको ५४० समूह मार्फत काम गरिने भएको आयोजनाका क्लष्टर इकाईका प्रमुख युगल किशोर तिवारीले जानकारी दिनुभयो ।

आयोजनाको क्रियाकलाप सीमान्तकृत अर्थात् १० कठा जग्गा भन्दा कम जग्गा भएका किसानहरूलाई लक्षित गरेर कृषि, पशु तथा अन्य प्रकारको पोषणको कार्यक्रमहरू गर्नका लागि चालु आर्थिक वर्षमा चार पालिकामा कृषि, पशुपालन क्षेत्र कार्यक्रमहरू गर्न २३ करोड ४१ लाख ४३ हजार रकम विनियोजन गरेका आयोजनाका योजना अधिकृत रितेश कुमार झाले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल, मधेश प्रदेशका पशुपक्षी तथा मत्स्य निर्देशनालयका निर्देशक डा. जागेश्वर यादव, महोत्तरीका सम्सी गाउँपालिकाका अध्यक्ष रामनाथ यादव, सोनमा गाउँपालिका विश्वेश्वर यादव, वटेश्वर गाउँपालिकाका अध्यक्ष रामआशिष महतो र जनकनन्दनी गाउँपालिकाका उपाध्यक्ष कमला सहगलको सहभागिता रहेका थिए ।

सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.