• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ११ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

रुपन्देहीमा आठ महिनामा ९ सय ९२ क्षयरोगी, २८ जनाको मृत्यु

  •  शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित

भैरहवा, रुपन्देही क्षयरोगीको उच्च जोखिम जिल्लाको रुपमा पाइएको छ । खुला सीमानाका र सीमापारीबाट पनि क्षयरोगका बिरामी उपचारका लागि नेपाल आउने गरेको कारण जिल्लाको तथ्यांक बढी देखिने गरेको छ । अन्य जिल्लाभन्दा यहाँ विरामीको संख्या पनि बढी छ ।

सरकारले क्षयरोगीलाई निःशुल्क उपचारको व्यवस्था मिलाए पनि बिरामी संख्या घटेको छैन ।

६ महिनादेखि ९ महिनासम्म नियमित औषधि सेवन गर्दा क्षयरोग निको हुन्छ । क्षयरोगका बिरामी पत्ता लगाई उपचारको दायरामा ल्याउनु नै प्रमुख चुनौती छ । नेपालमा मृत्युको १० प्रमुख कारकमध्ये क्षयरोग सातौंमा छ ।

चालु आर्थिक वर्षको ८ महिनामा रुपन्देहीमा मात्रै ९ सय ९२ जना नयाँ क्षयरोगी फेला परेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार फागुन मसान्तसम्म फेला परेका ९ सय ९२ जना मध्ये ६ सय ७ जना पुरुष, ३ सय ८५ जना महिला र ५१ जना बालबालिका रहेका छन् । गत वर्ष जिल्लामा १ हजार २ सय ४१ जना क्षयरोगी फेला परेका थिए । जिल्लाका १६ स्थानीय तहमध्ये बुटवल उपमहानगरपालिकामा सबैभन्दा बढी क्षयरोगी भेटिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयरोग स्राेत व्यक्ति हुमप्रसाद खनालका अनुसार बुटवल उपमहानगरमा २ सय ३४ जना क्षयरोगी फेला परेका छन् ।तिलोत्तमा नगरपालिकामा १ सय ३७ सिद्धार्थनगर नगरपालिकामा ९०, देवदहमा ९३, सैनामैनामा ६५ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ८७ जना क्षयरोगका बिरामी फेला परेको जनाए ।

ओमसतिया गाउँपालिकामा ३५, रोहिणी गाउँपालिकामा ३८, कन्चनमा ४१, गैडहवामा ३१, शुद्धोधनमा २५, सियारीमा ३२, मायादेवीमा ४८, सम्मरीमाईमा ३८, मर्

चवारीमा २३ र सबै भन्दा कम बिरामी कोटहीमाई गाउँपालिकामा १७ जना फेला परेका छन् ।

रुपन्देहीमा गत वर्ष क्षयरोगबाट २१ जनाको ज्यान गएको थियो भने चालु वर्षको समयावधिमा मात्रै २८ जनाको ज्यान गएको कार्यालयले जानकारी दिएको छ ।

सरकारले सन् २०५० सम्ममा नेपालबाट क्षयरोग निर्मूल गर्ने लक्ष्य राखे पनि खुला सीमाका कारण भारतसित जोडिएर रहेका तराईका जिल्लामा चुनौती देखिएको छ । क्षयरोगको उपचारको लागी रुपन्देहीमा ९२ वटा डट्स सेन्टर, १४ वटा शहरी डट्स केन्द्र, यस्तै रोग पहिचानका लागि ३२ वटा माईक्रोस्पिक केन्द्र, २ वटा जेनएक्सपर्ट केन्द्र रहेका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले उपचार गराउने तर बीचमै छाडने, भारतीय नेपालमा आएर उपचार गराउने, नियमित रुपमा औषधिसमेत सेवन नगरेको कारण नियन्त्रणमा कठिनाई आइरहेको बताए । न्यूज कारखाना

शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.