बागमती श्रेष्ठ,काठमाडौं । स्वास्थ्य दर्पण मिडीया नेटवर्क को सातौं बर्ष प्रवेशको अवसरमा स्वास्थ्य दर्पंण हेल्थ अवार्ड २०७८ बाट चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकारसहित २५ जना सम्मानित भएका छन । आज काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा भएको अवडार्ड कार्यक्रममा प्रमुख अतिथि कांँग्रेसका पूर्व महामन्त्री डा शशांक कोइराला रहनु भएको छ भने विशिष्ट अतिथिमा काठमाडौंका उपप्रमुख हरिप्रभा खड्की सहित ले सम्मानपत्र सहित अवार्ड गरिएको हो ।
कार्यक्रमका अध्यक्ष एवं लागेको स्वास्थ्य दर्पण मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सन्दीप श्रेष्ठले देशैभरका स्वास्थ्यकर्मी चिकित्सक, स्वास्थ्य पत्रकार मध्येबाट स्वास्थ्य क्षेत्रमा काम र लेखनको माध्यमबाट योगदान पुर्याउने २५ जनालाई अवार्ड सहित सम्मान गरिएको बताए ।
उनका अनुसार स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट सातै प्रदेशबाट छनौट गरिएका चिकित्सक,विधागत तथा संस्थागत रुपमा योगदान गर्ने चिकित्सक , सात प्रदेशबाट छनौट गरिएका पांँचजना स्वास्थ्यकर्मी ,स्वास्थ्य सम्बन्धी दुई सामाजिक संस्था, अन्र्तराष्ट्रिय सामाजिक संस्थाको सिफारीशमा दुई चिकित्सक र पत्रकार दुईजना गरी २५ जना सम्मानित भएका हुन् । बर्षर्नी मिडीयाले बिशेषगरी स्वास्थ्य क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको उर्जा र उत्प्रेरणा मिलोस भन्ने उद्धेश्यसहित अवार्ड कार्यक्रम गर्दै आएको श्रेष्ठको भनाई थियो ।
अवार्ड कार्यक्रमसहित मिडियाले स्वास्थ्य दर्पण त्रैमासिक म्यागाजिनको समेत विमोचन गरेको थियो । मिडीयाले हालैमात्र स्वास्थ्यदर्पणन्यूज डटकम मार्फत पनि स्वास्थ्य सम्बन्धी समाचार सम्प्रेषण गर्दै आएको छ ।