मानिसका विभिन्न अंगहरुको भूमिका र काम अलग अलग हुन्छ । त्यसमध्ये पनि मानिसको मस्तिष्क मुटु, फोक्सो, कलेजो तथा मृगौलालाई महत्वपूर्ण अंगको रुपमा लिइन्छ । किनकी यी अंगहरु विना मानिस जीवित रहन सक्दैन । त्यस्तै अंगहरुमध्ये मृगौला पनि मानिसको अति महत्वपूर्ण अंग हो । जसले मानिसको शरीरमा भएको विकार पिसाबको माध्यमबाट शरीर बाहिर निकाल्ने गर्दछ । मृगौलालेनै हाम्रो शरीरमा रगतमा पानी, नुन तथा अन्य खनिजपदार्थलाई सन्तुलित बनाएर राख्छ ।
हुनत मानिसमा दुईवटा मृगौला हुन्छन ती मध्ये एउटा मृगौलालले पनि मानिस बांँच्न सक्छ ।
चिकित्सकका अनुसार मानिसले स्वस्थ खाना र स्वस्थ जीवनशैली यापन गरे उसको मृगौला पनि स्वस्थ भईरहन्छ । तर मानिसले अस्वस्थकर खाना, मादक पदार्थको सेवन र बढी मासुजन्य जस्ता खाने कुरा खांँदा पनि मृगौला रोगको उच्च जोखिम हुने चिकित्सकको भनाई छ । तौल बढी भएका र उच्च रक्तचाप भएका मानिसलाई पनि मृगौला रोगको बढी जोखिम हुन्छ ।
कतिपय बिरामीहरु मृगौला रोगका लक्षण थाहा नपाएर बिरामीहरु डाक्टरको सम्पर्कमा ढिलो जांँदा बिरामी गम्भिर भएर मृत्यु पनि हुने गरेको छ । मृगौला रोग कस्ता व्यक्तिलाई बढी हुन्छ ? तर के कुराले मृगौला विग्रन्छ ? मृगौला रोग किन लाग्छ ? मृगौला स्वस्थ राख्न के के गर्नुपर्छ भन्ने बिषयमा केन्द्रित रहेर वरिष्ठ मृगौला विशेषज्ञ प्राडा ऋषिकुमार काफ्ले संग गरिएको कुराकानीको अंश । थप जानकारी तल भिडियो लिंकमा ।
