• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ११ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १४ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १४ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १६ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १६ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सूर्यविनायक नगर अस्पताललाई रु ४५ लाख बराबरको सामग्री एवं औषधि हस्तान्तरण

  •  मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित

भक्तपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सूर्यविनायक नगर अस्पताललाई रु ४५ लाख बराबरको विभिन्न प्राविधिक सामग्री एवं औषधि प्रदान गर्नुभएको छ ।

सूर्यविनायक नगरपालिकाले जगातीमा २५ रोपनी क्षेत्रफलमा सञ्चालन गरेको ५० शय्याको सूर्यविनायक नगर अस्पताललाई आकस्मिक कक्ष, आइसियू, एनआईसियू, प्रसूति सेवालगायतका विभिन्न स्वास्थ्य सेवाका लागि अत्यावश्यक प्राविधिक सामग्री र औषधि प्रदान गर्नुभएको हो ।

उहाँ मन्त्री भएलगत्तै अस्पतालले सेवा विस्तारका लागि माग गरेको सामग्री छिटो व्यवस्थापन गर्दै मन्त्रालयका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्दका निर्देशक वसन्त अधिकारी, महाशाखा प्रमुख गेश्वर गेलालसहितको उपस्थितिमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा राकेशकुमार वर्मालाई मन्त्री थापाले सामग्री हस्तान्तरण गर्नु भएको हो ।

सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरका रुपमा विकास गर्ने बताउदै मन्त्री थापाले भन्नुभयो, “म वडाध्यक्ष हुँदा कोरोना महामारी कालमा स्थापना गरेको सूर्यविनायक नगर अस्पताललाई भक्तपुरकै पहिलो ट्रमा सेन्टरका रुपमा स्तरोन्नति गर्नेछु, पूर्वबाट दैनिक हजारौँ सवारी साधन आउने जाने क्रममा हुने दुर्घटनामा परेको घाइतेको छिटो, सहज र सस्तोमा उपचार गर्ने लक्ष्यका साथ सरकारीस्तर मै प्रदेश सरकारबाट भक्तपुरमा पहिलो ट्रमा सेन्टरको रुपमा यस अस्पतालको विकास गर्नेछु ।”

अरनिको राजमार्गदेखि विपि राजमार्गहुँदै सवारी साधन आवतजावत गर्ने मुख्य नाका भएकाले उपचारका लागि केन्द्रीय राजधानी आउने पूर्वी जिल्लाका बिरामीका लागि लक्षित गरी यस अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्ने बताउनुभयो ।

मन्त्री थापाले जिल्ला अस्पताललाई नर्सिङ्ग कलेज सञ्चालनको बाटो खोलिदिने बताउदै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा छुट्याएको रु चार अर्ब आठ करोडको बजेटलाई व्यवस्थितरुपमा आवश्यकताका आधारमा परिचालन गरिने बताउनुभयो ।

भक्तपुर अस्पताललाई सिटी स्क्यानका लागि रु आठ करोडको टेण्डरको प्रक्रिया अगाडि बढेको र सो अस्पतालसहित अन्य तीन अस्पतालमा मेमोग्राफी मेशिन सञ्चालनमा ल्याउन रु एक करोडको दरले बजेट व्यवस्थापन गरेको, ख्वप अस्पताललाई सिटी स्क्यान सञ्चालनमा ल्याउन रु पाँच करोडको बजेटको व्यवस्था गरेको भन्दै उहाँले वागमति प्रदेशका १३ वटा जिल्ला अस्पतालको गुणस्तरीय सेवासहित स्तरोन्नति गरिने बताउनुभयो ।

मन्त्री थापाले भन्नुभयो, “बागमती प्रदेशभित्रका धेरै ठाउँका जनता अहिले पनि स्वास्थ्यको सहज पहुँचबाट बाहिर हुनुहन्छ, मलाई थाहा छ अहिले पनि सिटामोलसमेत नपाएर ज्यानै जाने अवस्था गाउँगाउँमा छ, अब त्यस्तो अवस्थाको अन्त्य गर्नेछु, उपचार नपाएर ज्यान जाने अवस्थाको अन्त्य गर्नेछु ।”

उहाँले प्रदेशका सबै जिल्लाका सरकारी अस्पतालको अवस्था बुझ्न जिल्ला अस्पतालको अनुगमन सुरु गरेको बताउदै त्यहाँको स्वास्थ्य सेवाको गुणस्तरीयता, भौतिक संरचनाको अवस्था र सुधार गर्नु पर्ने विषयको जानकारी लिएर आवश्यक व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले प्रत्येक जिल्लामा एम्बुलेन्सको व्यवस्था गर्ने गरी तयारी गरेको बताउनुभयो ।

आफू मन्त्री भएकै दिन क्यान्सर पीडितलाई रु एक लाख सहयोग उपलब्ध गराउने निर्णय कार्यान्वयनमा आइसकेको बताउनुभयो । रासस

मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.