• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

अफगानी नागरिकमा शक्तिबर्धक पेय पदार्थको मोह

  •  बुधबार, भदौ २६, २०८१ मा प्रकाशित

अफगानी नागरिकमा शक्तिबर्धक पेय पदार्थको मोह बढेको छ । क्याफिन र चिनीको मात्रा उच्च भएको र प्रायः पिउने पानीभन्दा बढी उपलब्ध हुने इनर्जी ड्रिङ्क्सलाई धेरै अफगानीहरूले अपर्याप्त आहारको पूरकको रूपमा हेर्छन् ।

पश्चिमी अफगानिस्तानमा रहेको एक कम्पनीमा हरेक सेकेन्ड २४ वटाको दरले उत्पादन हुने शक्तिवर्धक पेय पदार्थ (इनर्जी ड्रिङ्क्स) अफगानीहरूले आफ्नो जीवनको कठिनाई लुकाउन र निराश मनको लहरलाई तृप्त पार्ने आकर्षक वस्तु हो ।

तालिवान समूह सत्तामा आएपछि अफगानिस्तानले इस्लामिक कानून अनुकुल नभएको भनी यहाँका महिला तथा बालबालिकाका अधिकारमा भारी कटौती गरेको छ भने पश्चिमी प्रभावका धेरै वस्तुलाई प्रतिबन्ध लगाएको छ । तर अमेरिकी सैनिकसँगै अफगानिस्तान भित्रिएको उत्तेजक पेयको मोह अझै बाँकी छ । बढिरहेको छ ।

अफगानिस्तानमा मदिरा प्रतिबन्धित छ तर क्याफिन युक्त इनर्जी ड्रिङ्क्स प्रहरीदेखि बालबालिकासम्म सबैले सेवन गर्छन् ।

“यहाँका युवाको जीवन सङ्घर्ष र कठिनाइले भरिएका छन्”, हेरात सहरको सुपरमार्केटमा ४० प्रकारका इनर्जी ड्रिङ्क्सको व्यापार गर्ने मिलाद गजनवीले भन्नुभयो, “यो मानिसहरूको लत बनेको छ ।”

विश्व खाद्य कार्यक्रमका अनुसार गरिबीबाट ग्रस्त अफगानिस्तानका करिब ९० प्रतिशत मानिस अपर्याप्त खानामा बाँचिरहेका छन् ।

गुलजार नाम गरेका एक मजदुरले आफु दिनको १४ घण्टासम्म मजदुरी गर्ने र दिनभरीको थकान मेटाउन चार बोतल इनर्जी ड्रिङ्क्स पिउने बताउनुभयो ।

गुलजारको आहारमा १०० ग्रामभन्दा बढी चिनी हुन्छ । यो मात्रा विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको भन्दा दुई गुणा बढी हो ।

अमेरिकी खाद्य तथा औषधी प्रशासनका अनुसार अत्यधिक क्याफिनको सेवनले उच्च रक्तचाप, मुटुको धड्कन, चिन्ता र अनिद्रा निम्त्याउन सक्छ । तर गुलजार आफुसँग अन्य कुनै विकल्प नभएको बताउँछन् ।

स्थानीय ब्रान्डको इनर्जी ड्रिङ्क्स लगभग ३० अफगानी मात्र पर्छ जबकी आयातित दुई सबैभन्दा लोकप्रिय विश्वव्यापी ब्रान्ड ‘रेड बुल’ वा ‘मोन्स्टर’ भने अधिकांश अफगानीको पहुँचभन्दा बाहिर छ ।

विदेशी सहायतामा भर पर्ने गरिब अफगानी उच्च मुल्यमा इनर्जी ड्रिङ्क किन्न असमर्थ छन् र यसको सट्टा क्याफिनयुक्त ग्रीन टी र पाउरोटीको आहारमा बाँचिरहेका छन् ।

पश्चिमी हेरातको औद्योगिक केन्द्रमा रहेको ‘पामिर कोला’ नामक कम्पनीले दैनिक १० लाखभन्दा बढी इनर्जी ड्रिङ्क्स उत्पादन गर्ने गरेको बताएको छ । आफूलाई यस व्यवसायको एक सानो खेलाडी बताउने पामिर कोलाले अफगानिस्तानका चार करोड नागरिक प्रत्येकका लागि दिनको दुई वट्टा (क्यान) को दरले उत्पादन गर्ने अनुमान गरेको छ ।

“अफगानिस्तानका मानिसहरू जसले कडा श्रम गर्छन् तर राम्रो खाना पाउँदैनन्, उनीहरूका लागि सबैभन्दा राम्रो ऊर्जाको स्रोत इनर्जी ड्रिङ्क्स पिउनु हो,” पामिर कोलाका सञ्चालक जाहिर शाह बहादुरले भन्नुभयो ।

“अफगानिस्तानमा इनर्जी ड्रिङ्क्सको व्यापार राम्रो छ र सम्भवतः अझ राम्रो हुनेछ,” उहाँले भन्नुभयो ।

रासस

बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.