• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

कैदीबन्दीको उपचारमा आर्थिक अभाव

  •  बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित

चितवन । जिल्लामा कैदीबन्दीको उपचारमा आर्थिक अभाव भएको छ । गुणस्तरीय स्वास्थ्य उपचार पाइने भएपछि काठमाडौँपछि कैदीबन्दीले चितवन रोज्ने गरेकामा पहिल्लो समय आर्थिक अभाव देखिन थालेको हो ।

उपचार गर्नुपर्ने कैदीबन्दीको सङ्ख्या धेरै भएपछि बजेटको अभाव भएको कारागार कार्यालय चितवनले जनाएको छ । कारागार प्रमुख कमलप्रसाद आचार्यका अनुसार कारागारमा अहिले एक सय २४ जना दीर्घरोगी कैदीबन्दी रहेका छन् ।

कूल सात सय ४८ कैदीबन्दीमध्ये एक सय २४ जनामा मुटुको रोग, उच्च रक्तचाप, मधुमेह, क्षयरोग, क्यान्सर, मानसिक रोग, एचआइभी एड्स, हेपटाइटिस सि, थाइराइड, छारेरोग, न्यूरोसम्बन्धी समस्या देखिएको उहाँले जानकारी दिनुभयो ।

सरकारले कारागार कार्यालयमा कैदीबन्दीको चाप अनुसार उपचार खर्च व्यवस्थापन गर्न नसक्दा कतिपय समयमा कैदीबन्दी आफैँले उपचार खर्च बेहोर्ने गरेका आचार्यले बताउनुभयो । “अहिलेको बजेटले सरकारी अस्पतालमा उपचार गर्नसक्ने स्थिति छ”, उहाँले भन्नुभयो, “बिरामीलाई भने मेडिकल लकेजमा उपचार गर्नुपर्ने भएकाले कतिपय अवस्थामा कैदीबन्दीले आफैँले उपचार खर्च बेहोर्ने गरेका छन् ।”

अहिले पनि चितवन मेडिकल कलेजमा एक जनाको उपचार भइरहेको जनाउँदै प्रमुख आचार्यले उक्त उपचार खर्च स्वयं कैदीबन्दीले नै गरिरहेका बताउनुभयो । यहाँ रहेका कैदीबन्दीहरुको उपचारको जिम्मेवार कारागार प्रशासनको भए पनि बजेट अभावका कारण समस्या हुँदै आएको उहाँले उल्लेख गर्नुभयो ।

कारागार प्रमुख खाचार्यका अनुसार गत आर्थिक वर्षमा रु १३ लाख बजेट उपचारका लागि विनियोजन भएकामा अहिले रु १० लाख मात्रै विनियोजन भएको छ । यो बजेटले क्यान्सरको बिरामीलाई उपचार गर्न कठिन हुने अवस्था रहेको उहाँले बताउनुभयो । अघिल्ला वर्षहरुमा न्यूनतम रु २५ लाखसम्म उपचारका लागि बजेट विनियोजन हुने गरेको थियो ।

प्रमुख आचार्यका अनुसार कारागार कार्यालयमा अहिले उच्च रक्तचापका ६०, मधुमेहका २६, क्षयरोगका १०, क्यान्सरका एक, मुटुरोगी चार, मानसिक रोगी सात, एचआइभी एड्का चार जना छन् । यस्तै हेपाटाइटिस सिका चार, थाइराइडका तीन, छारेरोगका चार र न्यूरोका एक जना बिरामी रहेका उहाँले जानकारी दिनुभयो ।

बिरामीलाई नियमिति आवश्यक औषधि खरिद तथा सरकारी अस्पतालमा उपचार गर्न बजेट नपुग्ने भन्दै आचार्यले कैदीबन्दी र दातृ संस्थाहरुको सहयोगमा औषधि उपचारको व्यवस्था गरिएको बताउनुभयो । अहिलेलाई समस्या नरहेको भन्दै चालु आर्थिक वर्षको मध्यभागदेखि भने रकम अभाव हुने उहाँले जानकारी दिनुभयो ।

दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा सात सय पाँच र २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ४३ कैदीबन्दी छन् । उनीहरुसँग आश्रित दुई बालिका र एक जना बालकसमेत रहेका कार्यालयले जनाएको छ । रासस

बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.