चितवन । नेपाल नेत्र ज्योति संघको ४४ औं स्थापना दिवसको अवसरमा भरतपुर आंँखा अस्पतालले आज प्रभातफेरी कार्यक्रम गरेको छ । ‘हाम्रो कर्तव्य , हाम्रो जिम्मेवारी, आंँखा सेवामा साझेदारी ’ मुल नाराका सहित भरतपुरको चौबीसकोठीबाट शुरु भएको प्रभातफेरी अस्पताल रोड, मालपोत चोक हुँदै भरतपुर आँखा अस्पताल पुगेर सम्पन्न भएको थियो ।
आंँखाको महत्व र सुरक्षाका लागि सचेतना फैलाउने उद्धेश्यसहित उक्त कार्यक्रम राखिएको आंँखा अस्पतालले जानकारी दिएको छ । प्रभातफेरीमा ‘हाम्रो कर्तव्य , हाम्रो जिम्मेवारी, आंँखा सेवामा साझेदारी ’भन्ने मुल नाराका सहित आंँखा सचेतना सम्बन्धी विभिन्न प्लेकार्डसहित अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी , विद्यार्थी , लगायत विभिन्न संघसंस्थाका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
संघको स्थापना दिवसको अवसरमा आंँखा पनि महत्वपूर्ण अंग हो यसको हेरचाह र रक्षा गर्नुपर्छ भन्ने सचेतना सहित प्रभातफेरी कार्यक्रम राखिएको हो ।
यस कार्यक्रमले आफ्नो आंँखाको हेरचाह ,उपचारका साथै अन्य दृष्टिविहिन मानिसको लागि आंँखा दान गर्नुपर्छ भन्ने सन्देश समेत जाने अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले बताए ।
शनिबारदेखि अस्पतालकै कर्मचारी बीच फुटसल कार्यक्रम राखिएको र चैत्र १८ गते अस्पतालकै परिषरमा अन्तिम फुटसल खेल हुने सूचना अधिकारी घिमिरेले जानकारी दिए ।

