• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • ३ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • ३ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • ३ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • ३ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

कुष्ठरोगको समयमै उपचार गरे अपाङ्गता हुनबाट बच्न सकिन्छ : योहेइ सासाकावा

  •  बुधबार, असोज ०२, २०८१ मा प्रकाशित

काठमाडौँ । विश्वमै कुष्ठरोग निवारणका लागि अनवरत लागिरहनुभएका जापानको ‘द निप्पोन फाउण्डेसन’का अध्यक्ष योहेइ सासाकावाले कुष्ठरोगको समयमै उपचार गरे स्थायी अपाङ्गता हुनबाट बच्न सकिने बताउनुभएको छ ।

नेपाल भ्रमणमा आउनुभएका उहाँले आज यहाँ सञ्चारकर्मीसँगको कुरा गर्दै कुष्ठरोगबाट हुने स्थायी अपाङ्गतालाई रोक्नका लागि प्रारम्भिक पहिचान र उपचार आवश्यक रहेको उल्लेख गर्नुभयो । अध्यक्ष योहेइले भन्नुभयो, “कुष्ठरोगको डर र सामाजिक कलङ्कको जरा गहिरो छ, यो रोगको छवि परिवर्तन गर्न तथा भेदभाव हटाउनका लागि अझैै काम गर्न बाँकी छ । हामीले शून्य कुष्ठरोगको परिकल्पना लिएका छाँै, जसले रोगसँग सम्बन्धित सबै प्रकारका पीडाहरुबाट मुक्त संसारको निर्माण गर्न सकोस् ।”

द निप्पोन फाउण्डेसनले सन् १९७५ देखि विश्वस्वास्थ्य सङ्गठनमार्फत कुष्ठरोग प्रभावित देशका राष्ट्रिय कुष्ठरोग कार्यक्रमलाई सहयोग गर्दै आएको छ । उहाँ कुष्ठरोग र यसको साथमा जोडिने कलङ्क र सामाजिक भेदभावविरुद्धको लडाईमा ४० वर्षभन्दा बढी समयदेखि प्रतिबद्ध भएर लडिरहनुभएको छ । अध्यक्ष योहेइ कुष्ठरोग प्रभावित व्यक्तिहरुको मानवाधिकारका लागि सन् २००७ देखि हालसम्म जापानी सरकारका सद्भावनादूत नियुक्त हुनुभएको थियो । त्यस्तै उहाँ सन् २००१ देखि हालसम्म विश्वस्वास्थ्य सङ्गठनद्वारा कुष्ठरोग निवारणका लागि सद्भावनादूतका रुपमा कार्यरत हुनुहुन्छ ।

नेपालमा सन् १९६० मा पहिलो पटक कुष्ठरोगको सर्वेक्षण भएको थियो । सन् १९६६ मा नेपालमा कुष्ठरोगको डप्सन मोनोथेरापीमार्फत उपचार पद्धति सुरु भएको थियो । सन् २०२१ मा शून्य कुष्ठरोगको मार्गचित्र तयारी गरिएको थियो । नेपालमा आर्थिक वर्ष २०७९/८० मा दुई हजार ५२२ नयाँ कुष्ठरोगका नयाँ केश देखिएको थियो । हाल ३४ जिल्लामा कुष्ठरोग शून्य छ ।

कुष्ठरोग अझै पनि १२० भन्दाबढी देशमा रहेको छ । सन् २०२२ मा विश्वमा एक लाख ७४ हजार ८७ नयाँ केशहरु भेटिएको तथ्याङ्क छ । विश्वभर निःशुल्क उपलब्ध मल्टिड्रग थेरापीमार्फत कृष्ठरोगको उपचार गरे निको हुन्छ । यो एक सङ्क्रामक रोग हो । जसले मुख्यतया छाला र परिधीय स्नायुलाई असर गर्छ । यो रोग सिँगान तथा तरल पदार्थ, थुक वा खकारबाट सर्दछ ।

अध्यक्ष योहेइ नेतृत्वको प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री ओलीसँग भेट

अध्यक्ष योहेइ नेतृत्वको प्रतिनिधिमण्डलले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष योहेइले कुष्ठरोग निवारणका लागि गरेका कामका बारेमा प्रधानमन्त्रीलाई अवगत गराउनुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालमा कुष्ठरोग निवारणका लागि गरेको योगदानका लागि अध्यक्ष योहेइलाई धन्यवाद दिनुभएको थियो । आजै सो प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । रासस

बुधबार, असोज ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.