ललितपुर । नेपाल अर्थोपेडिक एसोसियसन फुट एण्ड ऐङ्कल उप समितिको औपचारिक घोषणा भयको छ । ललितपुरस्थित होटल हिमालय,कुपण्डोलमा भयको कार्यक्रममा समितिको औपचारिक घोषणा गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री माननिय प्रदीप पौडेलले हाडजोर्नी विधामा भइरहेको यस किसिमको उच्च स्तरीय सेवा गर्ने चिकित्सकहरुको समितिले स्वास्थ्य क्षेत्रको विधागत विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नु भयको थियो।
कार्यक्रममा संस्थाका (पेट्रन्न) डा.शिशिर लाखे,नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.चोपलाल भुसाल,नेपाल अर्थोपेडिक एसोसियसनका अध्यक्ष डा.अर्जुन लामिछाने तथा पूर्व अध्यक्षहरु सहित देशभरबाट करिब १५० जना हाडजोर्नी रोग विशेषज्ञको सहभागिता रहेकोबारे कार्यक्रम अर्गनाईजिङ समितिका सचिव डा.सार्थक नेपालले बताउनु भयो।
संस्थाको उपसमिति घोषणा कार्यक्रमको अर्गनाईजिङ समितिको प्रेसिडेन्टमा डा.दमन झा,उपाध्यक्षमा डा.प्रफुल्ल श्रेष्ठ,सचिवमा डा.सार्थक नेपाल र आर्थिक समिति संयोजकमा डा.दिपेश कायस्थ रहनु भएको थियो ।
संस्थाले केही समय अगाडि केन्द्रिय समितिमा ७ प्रदेशबाट समावेश हुने गरी तदर्थ समिति निमार्ण गरि सकेको थियो ।



