चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरको रजत जयन्तीको अवसरमा लायन्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ आर क्लस्टर ३,बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल,भरतपुर र ब्लड डोनर्स सोसाइटी नेपाल,चितवनको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। भरतपुरस्थित क्यान्सर अस्पतालको परिसरमा भयको रक्तदान कार्यक्रममा २८ जना महिला तथा ७७ जना पुरुष गरी १०५ जनाले रक्तदान गर्नु भएको हो ।
कार्यकमको प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर का डिस्ट्रीक्ट गभर्नर PMJF लायन दिनानाथ न्यौपाने रहनु भयको थियो । विशिष्ट अतिथिहरुमा क्यान्सर अस्पतालका अध्यक्ष डा.विजय राज न्यौपाने,कार्यकारी निर्देशक डा.शिवजी पौडेल , उपनिर्देशक डा.उमेश नेपाल,लायन्स क्लव अन्तर्राष्ट्रिय भाइस डिस्ट्रीक्ट गभर्नर MJF लायन नवराज सापकोटा,द्वितिय भाइस डिस्ट्रीक्ट गभर्नर MJF लायन प्रभाकर पण्डित,पिडिजि PMJF लायन राम प्रसाद भट्ट रहनु भएको थियो । त्यस्तै गरी डिष्ट्रिक्टका सचिब लायन निरज श्रेष्ठ ,क्लस्टर नम्बर ३ का चिफ लायन डा.गंगा सापकोटा,लगायतको उपस्थिति रहेकोबारे क्लस्टर- ३ का सचिब लायन अजामिन ढकालले जानकारी दिनुभयो।
रक्तदान कार्यक्रमको संयोजन लायन एकराज बुर्लाकोटीले गर्नु भयको हो ।








