• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
  • १ घण्टा 

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • २ घण्टा 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • ४ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • २२ घण्टा 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • २३ घण्टा 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • २३ घण्टा 

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
  • १ दिन 

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
  • १ दिन 

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ४. मीना सुनारको उद्धार

  • ५. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ८. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ९. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • १०. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

भारतीय चिकित्सकहरूद्वारा सहकर्मीको बलात्कार र हत्याविरुद्ध पुनः हडताल सुरु

  •  मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित

कोलकाता । अस्पतालको सुरक्षा सुधारका लागि आफ्नो मागहरू पूरा नगरिएको भन्दै कोलकाताका भारतीय चिकित्सकहरूले एक सहकर्मीको क्रुर बलात्कार र हत्याको विरोधमा पुनः हडताल सुरु गरेको बताएका छन् ।

पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि महिलाविरुद्ध हिंसाको दीर्घकालीन समस्याप्रति पुनः राष्ट्रव्यापी आक्रोश बढेको थियो ।

गत महिना चिकित्सकहरू छोटो समयका लागि आकस्मिक विभागमा सीमित काममा फर्केका थिए तर युनियनको बैठकमा उनीहरूले पुनः काम बन्द गर्ने निर्णय गरेका छन् ।

युनियनका प्रवक्ता अनिकेत महतोले पश्चिम बङ्गाल सरकारले अस्पतालहरूमा प्रकाशको व्यवस्था, सिसिटिभी क्यामेरा र अन्य सुरक्षा उपायहरू सुधार गर्ने आफ्नो वाचा पूरा गर्न असफल भएको बताउनुभयो । “राज्य सरकार कार्यस्थलमा सुरक्षा प्रदान गर्न असफल भएको छ”, उहाँले भन्नुभयो ।

महतोका अनुसार सरकारलाई आफ्नो वाचा पूरा गर्न जोड दिन र हत्या गरिएकी आफ्नो सहकर्मीका लागि न्यायको माग गर्न चिकित्सकहरू मङ्गलबार राति सडकमा फर्कनेछन् ।

अगस्टमा भएको आक्रमणपछि दशौँ हजार सर्वसाधारण विरोध प्रदर्शनमा सहभागी भएका थिए । उनीहरूको आक्रोश महिला चिकित्सकहरूका लागि भयरहित काम गर्न दिने उपायहरूको कमीप्रति केन्द्रीत थियो ।

हत्यामा एक जनालाई पक्राउ गरिएको छ तर पश्चिम बङ्गाल सरकारले अनुसन्धानको व्यवस्थापनका लागि सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ । अधिकारीहरूले कोलकाताका प्रहरी प्रमुख र स्वास्थ्य मन्त्रालयका शीर्ष अधिकारीहरूलाई बर्खास्त गरेका छन् ।

भारतको सर्वोच्च अदालतले हत्याको क्रुरताले ‘राष्ट्रको विवेकलाई झस्काएको’ भन्दै गत महिना स्वास्थ्यकर्मीहरूको सुरक्षा कसरी सुदृढ बनाउने भन्नेबारे जाँच गर्न राष्ट्रिय कार्यदल गठन गर्न आदेश दिएको थियो ।

कोलकातामा भएको आक्रमणको भयावह प्रकृतिलाई सन् २०१२ मा दिल्लीको एउटा बसमा एक युवतीको सामूहिक बलात्कार र हत्यासँग तुलना गरिएको थियो । दिल्लीमा भएको उक्त घटनापछि हप्तौँसम्म राष्ट्रव्यापी विरोध प्रदर्शन भएको थियो । रासस

मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
नारायणी अस्पतालका चिकित्सकको राजीनामा

लोकप्रिय

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

मीना सुनारको उद्धार

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

ताजा

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

नारायणी अस्पतालका चिकित्सकको राजीनामा

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.