• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

रुकुमपूर्वमा १८ हजार बढी बालबालिबालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

  •  मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित

रुकुमपूर्व। रुकुमपूर्वमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । यही चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप लगाउने देशव्यापी अभियानअन्तर्गत जिल्लाका यी उमेर समूहका सबैलाई खोप लगाइने भएको हो । यो उमेर समूहका बालबालिका टाइफाइडबाट बढी प्रभावित भएकाले बालबालिकालाई लक्ष्य गरी नेपाल सरकारले नै खोप अभियान सञ्चालन गर्न लागेको हो ।

रुकुमपूर्वमा १५ महिनादेखि १५ वर्ष उमेर समूहका १८ हजार ४१८ बालबालिका रहेको स्वास्थ्य कार्यालय रुकुमपूर्वका सूचना अधिकारी एवं ल्याब टेक्निसिएन निरीक्षक नीमप्रसाद गिरीले जानकारी दिनुभयो । उहाँकाअनुसार उक्त उमेर समूहका बालबालिकाको सङ्ख्या लुम्बिनी प्रदेशमा करिब १० लाख ५२ हजार र देशभर करिब ७५ लाखको हारहारीमा रहेको छ । यो अभियान देशव्यापी रूपमा चैत २५ देखि वैशाख १८ गतेसम्म चल्ने छ ।

स्वास्थ्य कार्यालय रुकुमपूर्वले टाइफाइडविरुद्धको अभियान जिल्लामा कसरी सञ्चालन गर्ने भनेर कार्य योजना निर्माण गर्नका लागि जिल्लास्तरी अभिमुखीकरण गोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा जिल्लास्थित सबै गाउँपालिकाका शिक्षा शाखा प्रमुख, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख र उपप्रमुख, सबै स्वास्थ्य कार्यालयका प्रमुखको उपस्थिति छ । सोमबार र मङ्गलवार दुई दिनसम्म चल्ने गोष्ठीमा छलफलका माध्यामबाट खोप केन्द्रको सङ्ख्या निर्धारण, खोप ढुवानी व्यवस्थापन, सञ्चालन गर्ने मिति, पालिका तथा वडामा सरोकारवालासँग अभिमुखीकरण गर्ने मिति तय गरिने गिरीले बताउनुभयो ।

उहाँकाअनुसार जिल्लामा साबिकको गाविसका प्रत्येक वडामा खोप केन्द्र स्थापना गरी टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने छ । आवश्यकताका आधारमा भौगोलिक विकटता भएको ठाउँमा दुई घण्टाभन्दा बढी समय लाग्ने ठाउँमा खोप केन्द्र स्थापना गरी अभियान सञ्चालन गर्न सकिने छ । टाइफाइडविरुद्धको खोप लगाउने लक्षित जनसङ्ख्या ८० प्रतिशत विद्यालयमा हुने भएकाले यो कार्यक्रममा विद्यालय केन्द्रित गरिने पनि बताइएको छ ।

टाइफाइड खोपको सुरुआत जिल्लास्तरीय अभिमुखीकरण तथा गोष्ठीमा बोल्दै जिल्ला समन्वय समिति रुकुमपूर्वका उपप्रमुख भीमकुमारी पुनले यस अभियानले जिल्लामा मात्र नभई देशभर नै टाइफाइडको उन्मूलन हुँदै जाने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले अभियान सफलतापूर्वक सम्पन्न गर्नका लागि जिल्लामा त्यति सजिलो नभएको बताउनुभयो । सबै बालबालिका विद्यालयको पहुँचमा नभएको, भौगोलिक विकटता रहेकाले पनि अभियान सञ्चालन गर्दा विशेष योजना बनाउनुपर्नेमा प्रजिअ खड्काले जोड दिनुभयो ।

निमित्त जिल्ला समन्वय अधिकारी रवीन्द्र बुढाक्षेत्री, शिक्षा विकास तथा समन्वय एकाइ रुकुमपूर्वका प्रमुख तीलक गौतम टाइफाइड रोग खोपमार्फत निर्मूल पार्ने सरकारको अभियान राम्रो भएको बताउँदै टाइफाइडकै कारण बालबालिका विभिन्न समस्याको शिकार बन्ने अवस्थाको अन्त्य हुँदै जाने बताउनुभयो ।

मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.