चितवन । बिशेषतः मानिसका सबै अंगहरुको सरसफाई र संक्रमण मुक्त हुन जरुरी छ । मानिसमा ब्याक्टेरियाले आक्रमण गर्ने अंगहरुमा बढी संक्रमणको जोखिम हुने गर्दछ । मानिसका बाहिरी अंगबाट भित्री अंगको सम्बन्ध तथा विकारका बस्तुहरु फ्याक्ने अंगहरुमा संक्रमण बढी हुन्छ । बिशेषगरी दिसा, पिसाब जाने ठाउंँ र घाउ बाट बढी संक्रमणको जोखिम हुन्छ । यस्ता संक्रमणमध्ये महिलाहरुमा हुने गुप्तांकको संक्रमण पनि उत्तिकै जोखिम र चुनौति छ ।
महिनाबारीमा गुप्ताङ्ग खुकुलो हुने र रगत र रगतसंँगै तन्तु बाहिर निस्कने र विभिन्न हर्मोनका कारण पनि ब्याक्टेरियालाई गुप्ताङ्ग भित्र सहज छिर्न र बृद्धि हुन मदत पुग्छ । यस्तै गर्भावस्थामा पनि योनी खुकुलो हुने र पटकपटक पिसाब लागिरहने हुंँदा संक्रमणको जोखिम उत्तिकै हुन्छ । चिकित्सकका अनुसार पुरुषको तुलनामा महिलाको पिसाब नलीको लम्बाई छोटो हुनेहुंँदा पनि संक्रमण जोखिम महिलालाई बढी हुन्छ ।
गुप्ताङ्गको नियमित र राम्रो संग सरसफाई नभएमा संक्रमण पिसाबनली हुंँदै मृगौलासम्म संक्रमण भएर महिलाको ज्याननै जानसक्ने चिकित्सकको भनाई छ । गुप्ताङ्गमा संक्रमण किन हुन्छ ? यसको सरसफाई किन र कसरी गर्ने, यसबाट बच्ने उपायका बारेमा भरतपुर अस्पतालका वरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा.राम प्रसाद सापकोटा संँग स्वास्थ्य दर्पण मिडियाले गरेको कुराकानीको अंश । थप जानकारी तलको भिडियोमा उपलब्ध छ ।
