• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
  • १९ मिनेट 

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • १ घण्टा 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • ३ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • २१ घण्टा 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • २२ घण्टा 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • २२ घण्टा 

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
  • २३ घण्टा 

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
  • १ दिन 

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. मीना सुनारको उद्धार

  • ४. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ५. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ८. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ९. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • १०. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

‘विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन’

  •  शनिबार, असोज १९, २०८१ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका कुनै पनि ठाउँबाट विपद्पश्चात् महामारीजन्य रोग फैलिएको जानकारीमा नआएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजको मितिसम्म रोग फैलिएकोबारे मान्त्रालयमा कुनै जानकारी नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पखालालगायत हैजाजस्ता कीटजन्य तथा पानीजन्य रोगहरू एकै ठाउँमा धेरै जनालाई सङ्क्रमण भएको देखिए जानकारी गराउन भनेका छौँ । हालसम्म त्यस्तो खबर आएको छैन ।”

अघिल्लो साता देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढीपहिरो, डुबानलगायत विपद्का कारण जनधनको क्षति भएको छ । विपद्ले पानीका स्रोतहरू प्रदूषित हुने हुँदा महामारीजन्य रोगको सम्भावना अधिक रहने र यस्तो अवस्थामा सबैले सतर्कता अपनाउन जरुरी रहेको प्रवक्ता डा बुढाथोकीको भनाइ छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले विपद्पश्चात् एकैपटक महामारीजन्य रोग फैलिएर हालसम्म कोही पनि बिरामी नआएको बताउनुभयो । “विपद्पश्चात् महामारीजन्य रोगबाट सङ्क्रमित बिरामीहरू यहाँ आउनुभएको छैन यद्यपि महामारीजन्य रोग बढ्न सक्नेतर्फ सचेत रहँदै उपचारका लागि तयारीमा रहेका छौँ”, उहाँले भन्नुभयो, “विपद्पछि पानीजन्य तथा कीटजन्य रोगहरू बढ्ने हुन्छ । खानेपानीको स्रोत दूषित हुँदा पखाला, हेपाटाइटिस र स्क्रब टाइफसको सङ्क्रमण हुने सम्भावना रहन्छ । त्यसकारण यस्तो बेला उच्च सतर्कता आवश्यक हुन्छ ।”

साथै लामखुट्टेको टोकाइ, सर्पदंशको घटना पनि बढ्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने, खानेपानीको शुद्धता ख्याल गरेर प्रयोग गर्ने, तरकारीलगायत फलफूलहरू राम्ररी सफा गरेर मात्र प्रयोग गर्नेबारे सबैले ध्यान दिनुपर्नेमा डा चालिसेको जोड छ ।

हाल स्वास्थ्य मन्त्रालयले विपद् प्रभावित, घाइतेहरू र जनघनत्व बढी भएका क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको जनाएको छ । धेरै ठाउँमा स्वास्थ्य संस्थाहरू आंशिक तथा पूर्ण रूपमा क्षति भएकाले टेन्ट राखेर भए पनि उपचार दिइरहेको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयले पालिका तथा प्रादेशिक तहसँग मिलेर विभिन्न ठाउँमा स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेका छौँ । जनघनत्व तथा बढी विपद् प्रभावित क्षेत्र काभ्रे, सिन्धुली, पनौतीमा शिविर सञ्चालन भइरहेका छन् ।”

डा बुढाथोकीले महामारीजन्य रोगहरू सम्भाव्य जोखिम आकलन गरी सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई यी रोगबारे जानकारी दिएर सोहीअनुसार सावधानी अपनाएर उपचार र जनचेतना फैलाउन भनिएको बताउनुभयो । विपद् प्रभावित क्षेत्रबाट करिब छ सय जनाले बहिरङ्ग उपचार सेवा लिएको जानकारी दिनुहुँदै प्रवक्ता डा बुढाथोकी भन्नुहुन्छ, “उपचार गराउनुपर्ने घाइतेहरू अझै बढ्ने देखिन्छ । धेरैलाई निःशुल्क उपचार भइरहेको जानकारी नहुन पनि सक्छ, त्यसैले पनि हाल धेरैजना स्वास्थ्य संस्थासम्म आउन सकेका छैनन् । स्वास्थ्य शिविर सञ्चालन भइरहेका छन् । उपचारबारे थाहा हुनेले चिनेजानेकालाई जानकारी गराउन सक्नुहुन्छ ।”

मन्त्रालयले विपद्बाट घाइतेहरुको निःशुल्क उपचार हुने बताएको छ । आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै समस्याका बारेमा जानकारी आवश्यक परेमा कल सेन्टरको हटलाइन नं. ‘१११५’ मा सम्पर्क गर्न सक्ने छन् । रासस

शनिबार, असोज १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
नारायणी अस्पतालका चिकित्सकको राजीनामा

लोकप्रिय

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

मीना सुनारको उद्धार

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

ताजा

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

नारायणी अस्पतालका चिकित्सकको राजीनामा

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.