वीरगञ्ज । मधेस प्रदेशको वीरगञ्जस्थित घडिअर्वा पोखरी पार्कमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । एकदिन सञ्चालित शिविरबाट १८० जना बिरामी लाभान्वित हुनुभएको हो ।
आँउदै गरेको वडा दशैंको अवसर पारेर मधुमेह केयर र रोटरेक्ट क्लब अफ युनाइटेड वीरगञ्जले संयुक्त रुपमा शिविरको आयोजना गरिएको रोटरेक्ट क्लब अफ युनाइटेड वीरगञ्जका अध्यक्ष रो. सौरभ बर्णवालले जानकारी दिनुभयो।
शिविरमा नारायणी क्षेत्रीय अस्पतालका वरिष्ठ फिजिसियन डा. निरज कुमार सिंहले सेवा लिन आउने विरामीहरुलाई मधुमेह र रक्तचाप सम्बन्धी स्वास्थ्य परीक्षण गर्नु भएको थियो ।
शिविरमा आवश्यक अनुसार विरामीहरुको लागि निःशुल्क औषधि समेत वितरण गरेको थियो ।
