• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • २४ मिनेट 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • २ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • २० घण्टा 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • २१ घण्टा 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • २१ घण्टा 

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
  • २२ घण्टा 

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
  • २३ घण्टा 

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • १ दिन 

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • २ दिन 

लोकप्रिय समाचार

  • १. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. मीना सुनारको उद्धार

  • ४. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ५. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ८. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ९. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • १०. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

भारतीयमाथि चिकित्सकको बलात्कार हत्याको आरोप

  •  सोमबार, असोज २१, २०८१ मा प्रकाशित

कोलकाता । भारतीय प्रहरीले सोमबार एक व्यक्तिमाथि ३१ वर्षीया चिकित्सकको बलात्कार र हत्याको आरोप लगाएको छ । उक्त अपराधले मुलुकलाई स्तब्ध पारेको थियो र व्यापक विरोध प्रदर्शन निम्त्याएको थियो ।

गत अगस्ट ९ मा पूर्वी सहर कोलकाताको एक सरकरी अस्पतालमा ती चिकित्सकको रगतले लतपतिएको शव फेला परेको घटनाले महिलाविरुद्धको हिंसाको दीर्घकालीन समस्यालाई लिएर राष्ट्रव्यापी आक्रोश बढेको थियो ।

हत्याको भोलिपल्ट पक्राउ परी त्यसयता हिरासतमा रहेका सञ्जय रोय नामक आरोपीलाई सोमबार औपचारिक रूपमा अभियोग लगाइएको छ र अदालतमा प्रमाणको गोप्य कागजात पेश गरिएको छ ।

“सञ्जय रोयमाथि अस्पतालभित्र ड्युटीमा रहेकी प्रशिक्षार्थी स्नातकोत्तर चिकित्सकको बलात्कार र हत्याको आरोप लगाइएको छ”, केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) का एक अधिकारीले एएफपीलाई बताए ।

भारतीय सञ्चारमाध्यमहरूले बिरामीहरूको सहयोगका लागि अस्पतालमा स्वयंसेवकको रूपमा काम गरिरहेका ३३ वर्षीय रोयले दोषी ठहर भएमा मृत्युदण्डको सजाय पाउनसक्ने बताएका छन् ।

उक्त क्रुर आक्रमणको प्रतिक्रियामा कोलकाताका चिकित्सकहरूले हप्तौँसम्म हडताल गरे । दशौँ हजार सर्वसाधारण भारतीयहरू विरोध प्रदर्शनमा सहभागी भए । उनीहरूको आक्रोश महिला चिकित्सकहरूलाई निर्भय भएर काम गर्न दिने उपायहरूको अभावप्रति केन्द्रीत थियो ।

अधिकांश चिकित्सकहरू काममा फर्किए पनि एउटा सानो समूहले यस महिना भोक हडताल सुरु गरेको छ । चिकित्सकहरूले पश्चिम बङ्गाल राज्य सरकारले बत्ती, सुरक्षा क्यामेरा र उनीहरूको सुरक्षाका लागि अन्य उपायहरू सुधार गर्ने आफ्नो प्रतिज्ञा पूरा नगरेको बताएका छन् ।

भारतको सर्वोच्च अदालतले हत्याको क्रुरताले ‘राष्ट्रको अन्तरात्मालाई झस्काएको’ भन्दै गत महिना स्वास्थ्यकर्मीहरूको सुरक्षा कसरी सुदृढ बनाउने भन्नेबारे जाँच गर्न राष्ट्रिय कार्यदल गठन गर्न आदेश दिएको थियो ।

कोलकातामा भएको आक्रमणको भयावह प्रकृतिलाई सन् २०१२ मा दिल्लीको एउटा बसमा एक युवतीको सामूहिक बलात्कार र हत्यासँग तुलना गरिएको थियो । दिल्लीमा भएको उक्त घटनापछि हप्तौँसम्म राष्ट्रव्यापी विरोध प्रदर्शन भएको थियो । रासस

सोमबार, असोज २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
नारायणी अस्पतालका चिकित्सकको राजीनामा
मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

लोकप्रिय

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

मीना सुनारको उद्धार

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

ताजा

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

नारायणी अस्पतालका चिकित्सकको राजीनामा

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.