डडेलधुरा । डडेलधुराको अमजयमेरु गाउँपालिकामा सम्पन्न दुई दिने आँखा शल्यक्रिया शिविरमा १ सय २३ जनाले निःशुल्क सेवा लिएका छन् ।
भद्रपुरमा सञ्चालित शिविरमा मोतीबिन्दुको शल्यक्रिया ८९ जना र मासु पलाएको शल्यक्रिया गरिएका ५ जना गरी जम्मा ९४ जनाले शल्यक्रिया सेवा पाएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
निःशुल्क आँखाको शल्यक्रिया शिविरमा डाक्टर विद्याप्रसाद पन्तको टिमले सेवा दिएको थियो । गाउँपालिकाले निःशुल्क आँखाको शल्यक्रिया शिविरको आयोजना गरेको हो ।
गाउँपालिकाले स्वास्थ्य शाखा मार्फत ६ वटै वडामा एकीकृत स्वास्थ्य शिविर समेत गरेको छ । शिविरमा स्वास्थ्य परिक्षण तथा परामर्श सेवा, गर्भवती महिलाको स्वास्थ्य परिक्षण तथा अल्ट्रासाउन्ड सेवा, पाठेघरको मुखको क्यान्सर परिक्षण, आँखा परिक्षण तथा उपचार सेवा, अंखसेको महिलाका लागि रिंपेसरी राख्ने सेवा, परिवार नियोजन तथा परामर्श सेवा र निःशुल्क औषधी वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख हिक्मत कडायतले बताउनुभएको छ ।